तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–७ बाजगरा निवासी ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको चण्डी भयर सामुदायिक वनको गोरेटो बाटोदेखि करिब सय मिटर तल खस्दा मृत्यु हुनुभएका उहाँ आइतबार दमौलीमा आँखासम्बन्धी उपचारपश्चात् घर फर्किनुभएको परिवारले जनाएका छन् ।भिरको रुखमा अड्किएको अवस्थामा शव फेला परेको भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार...
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयबाट पछि हट्न नसकिने बताएका छन् । चितवनमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय परिवर्तन नहुने बताएका हुन् ।उनका अनुसार किस्ताबन्दीमा लडाकुलाई दुई लाख रुपैयाँ दिइनेछ । माओवादी अयोग्य लडाकुलाई...
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्रन सहयोग माग्दै प्रहरीले संसद सचिवालयमा पत्र लेखेको छ। योसँगै उनी कोइरी निलम्बनमा पर्ने भएका छन्। प्रहरी प्रधान कार्यालयले सांसद कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले दोस्रो पटक प्रहरी प्रधान कार्यालयको पत्र आएको पुष्टि गरे।यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरुको हक र हितको सम्वर्द्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने बताएका छन्। मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उनले शुभकामना सन्देशमार्फत नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभ–कामना व्यक्त गरेका छन्।मे १ तारिख मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको...
सिन्धुपाल्चोक । नेपाल–चीनबीचको सबैभन्दा ठूलो उत्तरी सीमा सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आठ वर्षपछि चीनतर्फ निर्यात खुलेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार दुवै देशमा मालवाहक कन्टेनर आउजाउ हुन थालेका छन्। चीन र नेपालका सुरक्षा निकायको उपस्थितिमा दुवै देशबाट आयात–निर्यात खुलेको छ।मितेरी पुलबाट तीन वटा कन्टेनरबाट चीनतर्फ...
काठमाडौं । नवलपुरको गैंडाकोटमा बनेको मौलाकाली केबलका सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान १० बजे केबलकार उद्घाटन गर्ने कार्यक्रम छ। नयाँ वर्षको अवसर पारेर वैशाख १ गते नै सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन भने भएको थिएन।यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ। यहाँ कुल १४ डब्बा ९गान्डोला० छन्। एउटा डब्बामा एकपटकमा...
तीन दिनको मौसम यस्तो रहेको छ, हेर्नुहोस्
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाको अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis)हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी छ। सरकारलाई दिएको समर्थनका विषयमा निर्णय गर्न रास्वपाको बैठक पार्टी कार्यालय बसुन्धरामा बसिरहेको हो। बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने अथवा सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।साथै रास्वपा सभापति रवि लामिछानेले आइतबार प्रधानमन्त्री प्रचण्डसँग भएको भेटबारे ब्रिफिङ गर्नेछन्।...
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित छन्।
उनले हालसम्म झण्डै डेढ दर्जनपटक मन्त्रीको जिम्मेवारी पूरा गरिसकेका छन्। महोत्तरीबाट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता भण्डारी पछिल्लोपटक गत चैत १७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका हुन्।रोजगार तथा सामाजिक...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाइएको बताउनुभएको छ ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले एमाले सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको दाबी...










