श्रमिक दिवसको अवसर रक्तदान सम्पन्न

81

काठमाडौं । मल्ल प्रधान प्रतिष्ठान र लायन्स क्लब ईन्टरनेशनल नेपाल द्वारा ओयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ११३ औं श्रमिक दिवसको अवसर आयोजित रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । सो अवरसमा नेपाली काँग्रेस महासमिति सदस्य समाजसेवी ईन्दिरा निरौलाले पारेर २२ औं पटक रक्त दान गरेकी छिन् । उनले सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी लाई १६ वर्षको जन्मोउत्सव सगैं प्रत्येक ३/३ महिनामा रक्दान गरि पुण्य प्राप्त गर्न अपिल गरेकी छन् । रगत न मिसनले बनाउन मिल्छ रगत विकल्प रगत मात्र भएकाले सबै लाई रक्तदान गर्न अपिल गरेकी छन् ।

रक्तदान भन्नाले कुनै मानिसले स्वेच्छाले आफ्नो रगत दान गर्नु लाई बुझाउँछ ।रक्तदान भनेको रगत दान गर्नु हो। रक्तदान गर्नु राम्रो कुरा हो। रगत मानिसको अभिन्न अंग हो। जब सम्म रगत रहन्छ र चलिरहन हर मात्र मानिस रहन्छ । त्यसैगरी निस्वर्थ भएर कसैलाई केहि दिइन्छ भने यो दान हो। र यसकारण जसलाई रगतको अभाव छ उसलाई काम लाग्ने रगत दिइन्छ भने त्यसलाई रक्तदान भनिन्छ । आफूले गरेको रक्तदाले अरुको जीवन बच्ने हुनाले ुरक्तदान जीवन दानु भनिन्छ ।

रक्तदानको चित्ररेखा
धार्मिक मान्यता अनुसार पनि दान गर्नु उत्तम कर्म मानिन्छ भने विज्ञानले पनि एकले दान गरेका रगत वा शरीरका अंगहरु अर्को व्यक्तिको शरीरमा लगाएर जीवन जोगाइ रहेको देखिन्छ । यसकारण रक्तदान अति महत्त्वपूर्ण दान वा कर्म हो। मानिस भएर जन्मिए पछि आफ्नो लागि त जसले पनि केहि न केहि गरिरहेको हुन्छ तर अरुको लागि भने सिमित व्यक्तिहरूले मात्र गर्न सक्छन् । हाम्रो जीवनले अर्थपूर्ण पाउनको लागि अरुको सेवासा पनि तप्पर रहनुपर्छ अनिमात्र खुशी र सुखी रहन सकिन्छ ।

रक्तदान एउटा यस्तो कार्य हो, जसले विश्वव्यापी रूपमा लाखौंलाई बचाउँछ। किनभने, रगत मानव जीवनको अत्यावश्यक तत्व हो। सन् २०२१ को लागि विश्व रक्तदाता दिवसको नारा ुरगत दिनुहोस् र विश्वलाई जीवन्त राख्नुहोस्ु हुनेछ। यो सन्देशले रगतदाताहरूले अरुको जीवन बचाउनुका साथै स्वास्थ्यमा सुधार ल्याउनका लागि पुर्‍याउने भूमिकालाई ध्यानाकर्षण गर्दछ। यसले विश्वभरिका व्यक्तिहरुलाई नियमितरूपमा रक्तदान गर्न र स्वास्थ्यमा योगदान पुर्‍याउन आह्वान गर्दछ।