काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदमा नेपाली कांग्रेसका तर्फबाट तीन जना मन्त्री थपिएका छन् । राष्ट्रपतिले कानूनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्यमन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् ।राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम नयाँ मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सूचनाः आन्तरिक आन्तरिक राजश्व कार्यालय भक्तपुर यस कार्यालयबाट जफत गरिएका देहाय बमोजिमका मदिराजन्य बस्तुहरु जे जस्तो अवस्थामा छ सोही अनुसार देहाय बमोजिमको न्युनतम मुल्यमा नघटाई लिलाम विक्रि गर्नुपर्ने भएकाले लिलाम बढाबढमा भाग लिन ईच्छुक मदिराजन्य कारोबार गर्ने इजाजतपत्र प्राप्त व्यक्तिर फर्म वा संस्थाहरुको जानकारीको लागी यो लिलाम बिक्रिसम्बन्धी सूचना प्रकाशन पूनः प्रकाशित गरिएको छ ।मदिराजन्य मालबस्तुको लिलाम विक्रि सम्बन्धि...
युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ। ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका हुन्।युक्रेनी सेनाले पूर्वी क्षेत्रमा भएको रुसी आक्रमणको प्रतिकारमा रुसले अधिक क्षति व्यहोरेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार जोन किर्बीले नियमित पत्रकार सम्मेलनमा बताएका हुन्। पूर्वी डोनेट्स्क क्षेत्रमा भीषण युद्ध भएको तथा युक्रेनी...
काठमाडौं : सरकारले एसीसी क्रिकेट प्रतियोगितामा विजयी क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विजयी क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललाई जनही तीन लाख दिने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। मन्त्रिपरिषद्को बैठकले त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजन...
मंगोलियामा यस वर्षको सुरूदेखि छुट्टाछुट्टै ४९ ठाँउका जंगल र मैदानमा लागेको डढेलोबाट ३५९,५०५ हेक्टर जंगल र घाँसे मैदान नष्ट भएको छ। राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले मंगलबार जनाएकोअनुसार यसबाहेक २० वटा घर र एउटा गाडी जलेको छ। त्यस्तै ३,२७३ पशुपन्छी जंगलमा लागेको आगोमा मारिएको नेमाले जनाएको छ। आपतकालीन एजेन्सीले आगलाघिको प्रमुख कारण लापरबाही भएको बताएको छ,।...
काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन्। मकवानपुर, कैलाश गाउँपालिका-४ कटुन्जेबाट अवैध लागूऔषध गाँजा ५ सय ११ किलो ९ सय ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीय उत्तम रिजाल र ४२ वर्षीय राधाकृष्ण रिजाल रहेका छन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उत्तम रिजालको घरबाट...
काठमाडौं : परीक्षार्थीको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ।
आज (बुधवार) बाट लागू हुनेगरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो। लोकसेवा आयोगले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइसकेका उम्मेदवारहरूलाई न २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइसकेकाहरूले मात्रै दरखास्त भर्न पाउने र उनीहरूले दस्तुर शुल्क तिर्नु...
काठमाडौं : सरकारले हतियार खरिद प्रकरण मन्त्रिपरिषदमा नआएको स्पष्टीकरण दिएको छ। बुधबार मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले नेपाली सेनाले खरिद गर्ने हतियारको विषयमा रक्षा मन्त्रालयबाट कुनै प्रस्ताव नआएको स्पष्ट पारेकी हुन्।केही सञ्चारमाध्यमहरूमा नेपाली सेनाले चीनबाट ६ अर्बको हतियार खरिद गर्ने तयारी गरेको विषय बाहिरिएको थियो।सञ्चारकर्मीहरूले हतियार खरिदका विषयमा सरकारको धारणा के हो? भन्ने...
विराटनगर : कुनै समय स्वायत्त लिम्बुवान राज्य घोषणा तथा जातीय अधिकार सुनिश्चितताको मागसहित मुलकको पूर्वी भागलाई कार्यक्षेत्र बनाएर संगठित लिम्बुवान पार्टीको आन्दोलनले सडक मात्रै होइन सदनसम्म राप फैलाएको थियो। लिम्बुवानी नेताहरू सडकमा उत्रिएर भाषण गर्दैगर्दा सिंहदरबार हलिन्छ भन्ने विविध किस्सा जानकारहरूबाट नै सुन्न पाइन्थ्यो। तर, ती उत्कर्षमा पुगेका आन्दोलन व्यक्तिगत स्वार्थका लागि नेतृत्व टक्करले लिम्बुवान पार्टी एकाएक छिन्नविन्न अवस्थामा...
धनगढी । कञ्चनपुरमा छोराले बुवाको हत्या गरेका छन् । पुनर्वास नगरपालिका–४ कार्कीचोक बस्ने ३० वर्षीय गणेश खड्काले ७१ वर्षीय बुवा धन बहादुरको हत्या गरेको प्रहरीले जनाएको छ । ‘राति करीब २ बजेको समयमा खड्काले कुुटपिट गरेर बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लले भने । उनका अनुसार घरायसी विवादका...










