अमेरिका नेपाल सहयोगी समाजको अध्यक्षमा जानु ओझा

34

काठमाडौं । अमेरिका नेपाल सहयोगी समाजको सम्पन्न साधारण सभाबाट अध्यक्षमा जानुकी ओझा चयन भएकी छिन् । यो कार्यसमितीको समय २ वर्षको हुनेछ । यसअघि समाजको अध्यक्ष कमल भट्टराई थिए । मनासस स्थित ब्याटलफिल्ड पार्कमा आयोजित शुभकामना आदान प्रदान तथा ज़िम्मेवारी हस्तान्तरण कार्यक्रममा निर्वतमा अध्यक्ष कमल भट्टराई ज्युले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनले अध्यक्ष पदको ज़िम्मेवारी सकिएपनि संस्था प्रतिको दायित्व र ज़िम्मेवारी कहिले नबिर्सिने बताए ।
नवनिर्वाचित अध्यक्ष जानु ओझाले संस्थाले समाजमा कमाएको उच्च छविलांई क़ायम राख्न आफ्नो कार्यकालमा लागिपर्ने बताइन् । त्यसका लागि सबैको निरन्तर सहयोग र सकृयताको आवश्यकता पर्ने साथै कार्यसमितीका सदस्यहरुलाई मासिक बैठकहरुमा अनिवार्य उपस्थित हुन अनुरोध गरिन् ।

पूर्व अध्यक्ष केदार तिम्सीनाले हालको कार्यसमितीले सफलतापूर्वक आफ्नो कार्यकाल समाप्त गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै नव निर्वाचित कार्यसमितीलाई पनि सफलतापूर्वक कार्यकाल समाप्त गर्न शुभकामना दिए । कार्यक्रममा आजीवन सदस्यहरुलाई संस्थाको लोगो अंकित कप बितरण गर्ने साथै अमेरिका नेपाल शिक्षा सदनको वार्षिकोत्सवको समयमा नेपाल जानुभंएकि शिक्षिका जानु ओझालाई प्रशंसापत्र र मायाको चिनो पनि प्रदान गरिएको थियो।