Home Blog Page 341
काठमाडौं : भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ। उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको –एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार श्री एयरलाइन्सको जहाजको ल्याडिङ् गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा...
काठमाडौं : उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफू हातहतियार खरिदमा संलग्न नभएको बताएका छन्।नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तीमा आफ्नो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खड्काले आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन्। ‘केही दिन देखि मेरो नाम समेत जोडेर केही संचार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका बिबिध प्रकृतिका समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको...
काठमाडौं :प्रतिनिधिसभाको जारी बैठकमा स्वतन्त्र सांसद अमरेश कुमारसिंहले कपडा खोलेका छन्। सोमबार सिंहले संसद् सञ्चालन सुरु भएलगत्तै बोल्न खोजेका थिए। तर सभामुख देवराज घिमिरेले रोकेपछि सिंहले कपडा खोलेर विरोध जनाएका हुन्।
काठमाडौँ — भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी अझै सम्पर्कविहीन छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका छन् । २०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आएलगत्तै खाँणले सचिवका रूपमा पाण्डेलाई ल्याएका थिए । त्यसअघि उनी भूमि...
काठमाडौँ । स्थानीय बजारमा पछिल्लो पाँच वर्षको अवधिमा सुनको मूल्य प्रतितोला झन्डै दोब्बरले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आर्थिक वर्ष २०७५ को वैशाख महिनामा प्रतितोला ५८ हजार तीन सय रुपियाँ रहेको सुनको मूल्य चालु आवको वैशाख महिनामा आएर प्रतितोला एक लाख ११ हजार...
-विदुर प्रसाद तिमल्सिनाजलेको देश चिन्ताको पाठ रटाउने मन छ चिन्तामा नजल्नेलाई डाँढो कटाउने मन छ ।लुटाह भए सबै नै चलेको छ साधुको खोजी पापी छन् जो सबैलाई धुलो चटाउने मन छ ।आगो बालेर हरण गरे भातृत्व मातृत्वको ठग बनी ठग्नेहरूलाई ठटाउने मन छ ।समका कुरा नगरी बल्दो डढेलो रोक अब मिलेर सबै विकृति अब घटाउने मन छ ।रक्षक बन्दा भक्षक बिग्रन्छ चाला तमामको भँडार...
काठमाडौं । सुदर्शन थापा निर्देशित फिल्म प्रसाद २, गत शुक्रबारदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ। फिल्मलाई कलकारहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। यसैबीच यो फिल्म अष्ट्रेलियाका विभिन्न हलमा एकसाथ प्रदर्शन हुने भएको छ।नमस्ते इन्टरटेनमेन्टका देव कार्की र गोर्खे इन्टरटेनमेन्टका रन्जितराज वन्तले ११ मेदेखि अष्ट्रेलियामा फिल्म प्रदर्शन गर्न लागेका हुन्। यसअघि नमस्ते इन्टरटेनमेन्टले फिल्म ‘प्रेमगीत ३’ प्रदर्शन गरेको थियो।...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis): हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status): हाल देशका अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।२०८० वैशाख २३ गते (शनिवार)दिउँसोː कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य...
काठमाडौं । आज शनिबार। शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको वर्त बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराहरुबारे जानकारी लिनु आवश्यक हुन्छ।शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ। शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ। यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी...
विराटनगर । सुनसरीको दुहबीबाट अपहरणमा परेका बालकलाई प्रहरीले दुई दिनपछि भारतबाट सकुशल उद्दार गरेको छ । गाईं फर्म सञ्चालन गर्ने कृषक बिन्देश्वर यादवको छोरालाई अपहरणको दुई दिनपछि भारतबाट उद्दार गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार आइतबार बेलुका करिब ६ बजे सुनसरी भोक्राहानरसिंह गाउँपालिका-७ घर भई दुहबी नगरपालिका ११ बुगडरी बस्दै आएका यादवको ११ वर्षीय...