Sunday, September 27, 2026
Home राजनीति हतियार खरिदमा मेरो संलग्नता छैन : उपप्रधानमन्त्री खड्का

हतियार खरिदमा मेरो संलग्नता छैन : उपप्रधानमन्त्री खड्का

24

काठमाडौं : उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफू हातहतियार खरिदमा संलग्न नभएको बताएका छन्।नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तीमा आफ्नो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खड्काले आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन्। ‘केही दिन देखि मेरो नाम समेत जोडेर केही संचार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका बिबिध प्रकृतिका समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खड्काले सामाजिक सञ्जालमा भनेका छन, ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धी कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहन्छु।’