अपहरणको दुई दिनपछि बालकको उद्दार

24

विराटनगर । सुनसरीको दुहबीबाट अपहरणमा परेका बालकलाई प्रहरीले दुई दिनपछि भारतबाट सकुशल उद्दार गरेको छ । गाईं फर्म सञ्चालन गर्ने कृषक बिन्देश्वर यादवको छोरालाई अपहरणको दुई दिनपछि भारतबाट उद्दार गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार आइतबार बेलुका करिब ६ बजे सुनसरी भोक्राहानरसिंह गाउँपालिका-७ घर भई दुहबी नगरपालिका ११ बुगडरी बस्दै आएका यादवको ११ वर्षीय छोराको अपहरण भएको थियो ।