कविताः डाँडो कटाउने मन छ

36

-विदुर प्रसाद तिमल्सिना

जलेको देश चिन्ताको पाठ रटाउने मन छ
चिन्तामा नजल्नेलाई डाँढो कटाउने मन छ ।

लुटाह भए सबै नै चलेको छ साधुको खोजी
पापी छन् जो सबैलाई धुलो चटाउने मन छ ।

आगो बालेर हरण गरे भातृत्व मातृत्वको
ठग बनी ठग्नेहरूलाई ठटाउने मन छ ।

समका कुरा नगरी बल्दो डढेलो रोक अब
मिलेर सबै विकृति अब घटाउने मन छ ।

रक्षक बन्दा भक्षक बिग्रन्छ चाला तमामको
भँडार चुस्त पारेर फौज खटाउने मन छ ।

चाँगुनारायण-८ भक्तपुर