१४ पुस,
ललितपुर। भूकम्प प्रभावितलाई गर्ने भनिएको ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्गलबार प्राप्त एक लाख ३६ हजार जनाको फारामको तथ्याङ्क कम्प्युटरमा राख्ने काम सकिएकाले ट्याक्सी वितरण छिटै हुने वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयको साना ठूला सवारी शाखाले जनाएको छ । सबैभन्दा लामो समय लाग्ने कम्प्युटरमा तथ्याङ्क भर्ने काम एक सातामा सकिने प्रशासन प्रमुख हरि लामिछानेले...
१४ पुस | रासस
रोल्पा । नेपाल पत्रकार महासङ्घ रोल्पाले पत्रकार कल्याणकारी कोषको स्थापना गरेकोे छ । महासङ्घको स्थापना दिवसका अवसरमा सो कोषको स्थापना गरिएको महासङ्घका जिल्ला अध्यक्ष महेश न्यौपानेले बताए । अध्यक्ष न्यौपानेले आफ्ना पिता ऋषिराम शर्माको निधनपछि पिताको सम्झनामा महासङ्घलाई हस्तान्तरण गरेको रु १५ हजार नगद र महासङ्घले प्रत्येक वर्ष जिल्लामा सदस्यता नवीकरणबाट प्राप्त हुने...
पुस १४,
काठमाडौँ । गाडीको इन्जिनमा लुकाएर सुन तस्करी गर्न खोज्ने एक व्यक्ति काठमाडौँको कलंकीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुन्साङ लामा रहेका छन् । उनीबाट सात केजी सुन बरामद भएको प्रहरीले जनाएको छ । लामाले रसुवाबाट ५–६ जना यात्रुसहित चलाएर ल्याएको बा ८ ४ ७४३० नम्बरको हाइलक्स गाडीमा सुन लुकाएर ल्याएका थिए । माइक्रोमा अन्य यात्रुहरु पैसा...
१४ पुस,
काठमाडौं । । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू गरेको छ । मन्त्रालयले अनुगमन गर्दा निजी अधिकांश स्वास्थ्य संस्था अवैध देखिएपछि मन्त्रालयले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका संशोधनसहित जारी गर्दै उनीहरुलाई कानुनी दायरामा ल्याएको हो । नयाँ निर्देशिका लागू भएपछि निजी स्वास्थ्य क्षेत्रको भद्रगोल...
पुस १४,
धादिङमा । धादिङको गल्छीमा बुधबार ब्याई फ्रेण्ड नामको फिल्म सुटिङ युनिट चढेको गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनको राजधानीको वीर अस्पतालमा उपचार भइरहेको बताइएको छ । चलचित्रका निर्देशक मदन घिमिरेले स्पोर्ट, लाइट र कुन डिपार्टमेन्टका ११ जना सवार गाडी दुर्घटनामा परेको जानकारी दिए ।...
१४ पुस,
इटहरी । सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा आज बिहान शव फेला परेको छ । दुहवी–५ घर भएकी पवित्रा सोही बोर्डिङमा आवासीय सेवामा रहेको अवस्थामा गएराति हत्या भएको प्रहरीले अनुमान गरेको छ । पवित्राको हत्या यौनिक पनि हुन सक्ने भन्दै मृतकको शव...
ओखलढुंगा । जिल्लाको कालिकास्थित फेदिखोला लघु जलबिद्युत आयोजना बन्द भएको झन्डै एक बर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । गत बर्ष परेको चट्याङले आयोजनाको टान्सर्फममा क्षति पुगेपछि ४३ किलोवाट क्षमताको सो आयोजना बन्द भएको हो । आयोजना बन्द हुँदा कालीका गाबिसका लगभग २ सय ५० भन्दा बढि घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । लामो समयसम्म बिद्युत उपभोग गर्न...
पुस १३,
काठमाडौं । नेपाल बीमित हित संरक्षण संघले बीमा समितिमा रिक्त रहेको अध्यक्ष नियुक्त गर्दा योग्य र बीमा सम्बन्धी ज्ञान भएको व्यक्तीलाई नियुक्त गर्न माग गरेको छ । संघका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेद्धारा जारी विज्ञप्तिमा भनिएको छ बीमा बारे जनविश्वास पैदा गर्न र बीमा बारे देशको कुना काप्चामा जनचेतना फैलाउन सक्ने व्यक्तिलाई समितिको अध्यक्ष बनाउन आग्रह गरीएको छ ।
पुस १३,
भक्तपुर । संघिय मामिला तथा स्थानीय बिकास मन्त्री हित राज पाण्डेले निर्वाचनको बाधक प्रतिपक्ष भएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै पाण्डेले तोकिएको समयमा निर्वाचन गर्नु संबिधान कार्यान्वयनको सफल पक्ष भएको भन्दै संसदमा प्रतिपक्षको अवरोधकै कारण निर्वाचन सम्बन्धी बिधेयक टेबुल हुन नसक्दा निर्वाचनको बाधक प्रतिपक्ष देखिएको बताए ।
उनले आयोगले तयार पारेको प्रतिबेदन...
कैलाली । पुर्वाञ्चलमा जारी सातौ राष्टिय खेलकुद प्रतियोगिताका लागि भनेर दिईएको गाडी सुदुरपश्चिम क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष दिपक साउँदले दुरुपयोग गरेका छन । खेलकुद आयोजनाको वारेमा अनुगमन निरीक्षण गर्नका लागि राष्ट्रिय खेलकुद परिषदले खर्च व्यहोर्ने गरी दिएको गाडी लगेर क्षेत्रीय अध्यक्ष साउँद गृह जिल्ला अछामतिर पार्टीको कामका लागि आउनु भएको छ । गाडिमा ४ जना महिलालाई आफु निकटको...
