निर्वाचनको बाधक प्रतिपक्ष ः मन्त्री पाण्डे

257

पुस १३,
भक्तपुर । संघिय मामिला तथा स्थानीय बिकास मन्त्री हित राज पाण्डेले निर्वाचनको बाधक प्रतिपक्ष भएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै पाण्डेले तोकिएको समयमा निर्वाचन गर्नु संबिधान कार्यान्वयनको सफल पक्ष भएको भन्दै संसदमा प्रतिपक्षको अवरोधकै कारण निर्वाचन सम्बन्धी बिधेयक टेबुल हुन नसक्दा निर्वाचनको बाधक प्रतिपक्ष देखिएको बताए ।
उनले आयोगले तयार पारेको प्रतिबेदन केही दिनमा राजनीति असहमतीलाई सुल्झाउँदै प्रधानमन्त्रीले बुझ्ने र तत् पश्चात स्थानिय तहको निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बचाए । संबिधान संशोधन बिधेयक संसदमा दर्ता भईसकेको र अव फिर्ता नहुने भन्दै प्रतिपक्षलाई लोकतान्त्रिक अभ्यासमा आउन आग्रह गर्नु गरेका छन् ।