रोल्पामा पत्रकार कल्याणकारी कोषको स्थापना

185

१४ पुस | रासस
रोल्पा । नेपाल पत्रकार महासङ्घ रोल्पाले पत्रकार कल्याणकारी कोषको स्थापना गरेकोे छ । महासङ्घको स्थापना दिवसका अवसरमा सो कोषको स्थापना गरिएको महासङ्घका जिल्ला अध्यक्ष महेश न्यौपानेले बताए । अध्यक्ष न्यौपानेले आफ्ना पिता ऋषिराम शर्माको निधनपछि पिताको सम्झनामा महासङ्घलाई हस्तान्तरण गरेको रु १५ हजार नगद र महासङ्घले प्रत्येक वर्ष जिल्लामा सदस्यता नवीकरणबाट प्राप्त हुने शुल्क कृषि विकास बैंकमा जम्मा गरी आउने ब्याजबाट जिल्लामा निरन्तर पत्रकारिता गरिरहेका र जोखिममा परेका पत्रकारलाई सहयोग गरिने बताइएको छ । करिब तीन वर्षको बीचमा महासङ्घमा सदस्यता नवीकरणबाट करिब ४० हजार सङ्कलन भइसकेको महासङ्घले जनाएको छ । सो कोषको इच्छुक व्यक्ति सङ्घसंस्था वा समूहले पनि रकम थप गरी जम्मा गर्न सकिने बताइएको छ ।