फिल्म सुटिङ युनिट सवारी गाडी दुर्घटना

228

पुस १४,
धादिङमा । धादिङको गल्छीमा बुधबार ब्याई फ्रेण्ड नामको फिल्म सुटिङ युनिट चढेको गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनको राजधानीको वीर अस्पतालमा उपचार भइरहेको बताइएको छ । चलचित्रका निर्देशक मदन घिमिरेले स्पोर्ट, लाइट र कुन डिपार्टमेन्टका ११ जना सवार गाडी दुर्घटनामा परेको जानकारी दिए । सुटिङ युनिट चितवनको नारायणघाटतर्फ फिल्मको छायांकनको लागि जाँदै थियो । उनी भने नायक नायिका र निर्मातासँगै अर्को गाडीमा सवार थिए ।