धादिङ । भवन शिलान्यासपछि मन्चमा पुगेका नेताहरु एक्कासि मञ्च भत्किएपछि भागदौड चलेको थियो । हेलिकोप्टर लिएर कार्यक्रममा पुगेका राज्यमन्त्री रोमी गौचन भने सुरुमै बोल्न नदिएको भन्द्रै आक्रोशित भइ मन्चबाट बाहिरिएका थिए । यसैक्रममा धादिङकी कांग्रेस नेत्री भगवती पौडेलको खुट्टा भाँचिएको छ भने मन्चमा सहभागी अरु सबै नेताहरु सकुशल छन् । सोमबार धादिङबेसीमा बीपी स्मृति भवनको शिलान्यास गर्दै पौडेलले सरकार...
पुस ११,
झापा । नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको गएराति लडेर मृत्यु भएको छ । आइतबार राति बाथरुममा चिप्लिएर उनी लडेका थिए। बाथरुममा लडेर अचेत भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पुर्याइए पनि उनको अस्पताल पुर्याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । एकचालिस वर्षीय...
पुस ११,
एजेन्सी । विश्व चर्चित बेलायती पप गायक जर्ज माइकलको ५३ बर्षको उमेरमा मृत्यु भएको छ । सन् १९८० को दशकमा गायन क्षेत्रमा निकै ख्याती कमाएका जर्ज माइकलको हृदयाघातका कारण निधन भएको परिवारले जनाएका छन् । चार दशकसम्म गायन क्षेत्रमा रहेका जर्ज माइकलको १० करोड एल्बम बिक्री भइसकेका छन् । सन् १९८७ को उनको एल्बम फेथ निकै लोकप्रिय...
पुस ११,
जाजरकोट । अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा झाप्रा गाविस-१ का २२ वर्षीय पदम महर र सोही गाविस-२ का २० वर्षीय विश्व थापालाई प्रहरीले पुस ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले पुस ६ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले पुस ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।...
११ पुस ,
इनरुवा । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न खो खोतर्फको फाइनल खेलमा विभागीय टोली नेपाली सेनाले स्वर्ण पदक जितेको छ । सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा सम्पन्न भएको खो खो खेलमा सेनाले महिला तथा पुरुष दुवै प्रतिस्पर्धामा प्रथम हुँदै स्वर्ण पदक हात पारेको हो । पुरुषतर्फको फाइनलमा नेपाली सेनाले मध्यमाञ्चललाई पराजित गरेको हो । सेनाले...
लालबहादुर विक
पुस ११
अछाम । हिउंदे वर्षाले गर्दा सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा अत्याधिक चिसो बढेको छ । वर्षासँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । मौसममा बदली भई अछाम लगायत आसपासका जिल्लाहरुमा आईतबार बिहानैदेखि हिमपातका साथै वर्षात भएको छ । अछामको उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ । पहाडी भेगमा हिमपात सुरु भएसँगै जिल्लामा एकदमै चिसो बढेको छ ।...
११ पुस,
पोखरा । दश वर्ष अगाडि भएको हत्यामा संलग्न भएको अभियोगमा साल्ट ट्रेडिङ पोखराका जिन्सी प्रमुख प्रकाश भन्ने मिलन श्रेष्ठ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ३० वर्षीय श्रेष्ठलार्इ पोखराको पृथ्वीचोकबाट पक्राउ परेको हो । प्रहरीका अनुसार २०६३ असार ३२ गते गुल्मी शान्तिपुर धुवाकोट(९ स्थायी घर भई सामाखुसी बैकुण्ठ पुनको फलामको पाताले हानेर हत्या गरिएको थियो...
काठमाडौं–नेपाल मोबाइल व्यवसायी संघले यही पुष १३ गतेदेखि न्यूरोड मोबाइल महोत्सव २०७३ को आयोजना गर्ने भएको छ ।
संघले आइतबार पत्रकार सम्मेलन गरी मोबाइल हबको रुपमा चिनिने न्यूरोडमा महोत्सवको आयोजना गर्न लागिएको जानकारी गराएको हो । नयाँ वर्ष २०१७ को अवसर पारेर न्यूरोड, ताम्राकार कम्प्लेक्स, पिपुल्स प्लाजालगायतका क्षेत्रमा मोबाइल महोत्सव गर्न लागेको हो । जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’...
सिड्नी । क्रिसमस र नयाँ वर्षको रौनक चलिरहेका बेला अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवकको मृत्यु भएको छ ।
क्रिसमसको पिकनिक खान भन्दै रोयल नेशनल पार्कको वाटामोला समुद्री किनारमा गएका २९ वर्षीय सुजन अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।हर्सभिलको क्विन स्ट्रिटमा बस्दै आएका उनी साथीहरुसँग पिकनिक खान गएका थिए ।
काठमाडौंको कीर्तिपुर घर भएका अधिकारी अध्ययनको सिलसिलामा अष्ट्रेलिया आएका...
११ पुस | रासस
म्याग्दी – नेपाल प्रेस युनियन म्याग्दीले आज यहाँस्थित नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा तालाबन्दी गरेको छ ।
महासङ्घको सदस्यताका लागि गैरव्यावसायिक पत्रकारलाई सिफारिस गरेकाले तालाबन्दी गरेको प्रेस युनियनका जिल्ला सभापति गोपाल छन्त्यालले बताए ।
सरकारी कर्मचारी र राजनीतिक दलका कार्यकर्तालाई महासङ्घको साधारण सदस्यता प्रदान गर्नका लागि सिफारिस गरिएकामा युनियनको आपत्ति रहेको सभापति छन्त्यालद्वारा जारी विज्ञप्तिमा...
