कलंकीबाट सात किलो सुन सहित पक्राउ

226

पुस १४,
काठमाडौँ । गाडीको इन्जिनमा लुकाएर सुन तस्करी गर्न खोज्ने एक व्यक्ति काठमाडौँको कलंकीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुन्साङ लामा रहेका छन् । उनीबाट सात केजी सुन बरामद भएको प्रहरीले जनाएको छ । लामाले रसुवाबाट ५–६ जना यात्रुसहित चलाएर ल्याएको बा ८ ४ ७४३० नम्बरको हाइलक्स गाडीमा सुन लुकाएर ल्याएका थिए । माइक्रोमा अन्य यात्रुहरु पैसा तिरेर चढेका रहेछन् । सूचनाको आधारमा खोजी गर्दा ड्राइभर बस्ने इन्जिनमा सुन फेला पर्यो,’ महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले भने ।