एक बर्ष देखी अन्धकारमा बस्न बाध्य

239

ओखलढुंगा । जिल्लाको कालिकास्थित फेदिखोला लघु जलबिद्युत आयोजना बन्द भएको झन्डै एक बर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । गत बर्ष परेको चट्याङले आयोजनाको टान्सर्फममा क्षति पुगेपछि ४३ किलोवाट क्षमताको सो आयोजना बन्द भएको हो । आयोजना बन्द हुँदा कालीका गाबिसका लगभग २ सय ५० भन्दा बढि घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । लामो समयसम्म बिद्युत उपभोग गर्न नपाउदाँ स्थानिय आक्रोसित हुन थालेका छन् । बिद्युतमा आफुहरुको ठुलो लगानी रहको भएपनि एक बर्ष देखी अन्धकारमा बस्नुपर्दा घरमा जडान गरिएको तार समेत निकाल्न थालिएको स्थानिय अर्जुन बोगटीले बताए । यता आयोजना सञ्चालक समितीका अध्यक्ष ललीत बहादुर बोगटिले भने टान्सर्फम बनाउने स्रोत नभएकाले आयोजना बन्द रहको बताए । उनले अयोजना संञ्चालनका लागी लिएको ६५ लाख रुपौया ऋिण समेत तिर्न बाँकि रहेको र बत्ति बालेको शुल्क पनि नागरीकहरुले नदिएको गुनासो गरे । नागरीकले साथ दिए अबको एक महिना भित्र आयोजना संञ्चालनमा आउने अध्यक्ष बोगटीको भनाई छ । २०७१ साल माघ २३ गते नेपाल सरकारको साढे तिन लाख र स्थानिय जनताबाट प्रति घरधुरी ५ हजारको लागतमा फेदिखोला लघु जलबिद्युत आयोजनाको निमार्ण गरिएको थियो ।