अछाम । बिपद जोखिम न्यूनिकरण सम्वन्धि सञ्चारकर्मीहरुका लागि ३ दिने तालिम मंगलसेनमा भएको छ । वाक नेपालद्धारा सञ्चालित कृषि, स्वास्थ्य तथा बैकल्पीक जीविकोपार्जन प्रबद्र्धन (पहल) कार्यक्रमको आयोजनामा तालिम सञ्चालन भएको हो । तालिममा बिपद, बिपद ब्यावस्थापन, बिपद जोखिम बिश्लेषण, बिपदका प्रकार, प्रकोप र प्रकोप जोखिम न्यूनिकरण, जलवायु परिवर्तन र यसका असरहरु आदिवारे पहिलो दिनको कक्षामा जानकारी गराईएको...
लालबहादुर विक
माघ ७
अछाम ।
अछामको जयगढवाट रेडियो बान्निगढी सञ्चालनमा आउने भएको छ । बान्निगढी सञ्चार समूहद्धारा सञ्चालित रेडियो बान्निगढी ९३ दशमलव ४ मेगाहर्जमा माघ ५ गते बुधवार वाट परिक्षण प्रशारण सुरुवात भएको छ । परिवर्तनको बिगुल भन्ने मुल मन्त्र सहित सञ्चालनमा ल्याईएको उक्त एफएम रेडियो स्थापना भएसंगै त्यस क्षेत्रका स्थानिय हर्षित भएका छन । रेडियोको औपचारीक रुपमा परिक्षण प्रशारण...
काठमाडौं । धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्रीवितरण गर्न पाइने व्यवस्था गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा ११(छ) मा सरकारले चाहेमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्नसक्ने कानुनी व्यवस्था भएबमोजिम स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको मन्त्री गगनकुमार थापाले...
माघ ७,
काठमाडौँ । प्रेस चौतारी नेपालले आफूले स्थापना गरेका चार पुरस्कार सिफारिसका लागि अलगअलग चयन समिति गठन गरेको छ । चौतारीको यही माघ ३ गते बसेको सचिवालयको चौथो पूर्ण बैठकले ‘हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’ चयनका लागि नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेको संयोजकत्वमा चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल र उपाध्यक्ष सइन्द्र राई रहेको समिति गठन गरेको छ...
माघ ६, काठमाडौं । नेपाः राष्ट्रिय पार्टीले सांसद लक्ष्मण रजवंशीलाई पार्टीबाट निष्कासित गरेको छ । पार्टीको नीतिविपरीतको गतिविधिमा संलग्न भएको भन्दै साधारण सदस्यसमेत नरहने गरी राजवंशीलाई पार्टीबाट निष्कासित गरेको हो । पार्टी महासचिव विजयप्रकाश सैंजुद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजवंशीलाई सांसदबाट समेत निष्कासन गरिएको जनाइएको छ । राजवंशी समानुपतिक तर्फबाट सांसद छन् । राजवंशीले पार्टी नीतिविपरीत संसदमा टेबुल भएको संविधान संशोधनका...
माघ ६,
सुनसरी । खर काट्न जादाँ बदेलको आक्रणबाट कोसीटप्पु वन्यजन्तु आरक्षमा चार जना घाइते भएका छन् । घाइते हुनेमा सुनसरी पश्चिमकुशाहा–८ बस्ने ८ रिना उराव, सङ्गीता चन्द्रवंशी, रामे उराव र पश्चिमकुशाहा–९ बस्ने चन्द्रदेव यादव रहेको आरक्षको कार्यालयले जनाएको छ । खर काट्न आरक्ष गएका बेला उनीहरूलाई बदेलले आक्रमण गरेको थियो । आरक्षले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको पहलमा तीन दिनका...
माघ ६,
भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिले चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न चोकचोकमा सिसी क्यामरा जडान गर्ने अभियान सुरु गरेको छ । अभियानलाई पूर्णता दिनका लागि मध्यपुर थिमि नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । केही दिनअघि एक बैंकबाट रकम झिकेर फर्कंदै गर्दा लुटपाट भएपछि प्रहरीले चोकचोकमा सिसी क्यामरा अभियान सञ्चालन गरेको हो । महानगरीय प्रहरी...
माघ ६,
चितवन । पश्चिम चितवनको चनौली नजिकैको भित्री सडकमा नचिनेको सवारीको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुञ्जनगरका अन्दाजी ४२ वर्षीय घले सोमे नाम गरेको व्यक्ति बताइए पनि यकिन पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसार आज बिहान गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हो । अन्दाजी ३ बजेको समयमा घटना भएको...
माघ ६,
काठमाडौं । वीर अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले मन्त्रालयले दिएको रु ३० लाखबाट फार्मेसी सुरु गरिएको बताएका छन् । सरकारी अस्पतालले आफैँले फार्मेसी सञ्चालन गर्नुपर्ने सरकारले केही वर्षअघि नै निर्णय गरेको थियो । तर धेरै अस्पतालले विभिन्न कारण देखाउँदै फार्मेसी सञ्चालनमा ल्याएका थिएनन् ।
स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा अनिवार्य रूपमा अस्पताल...
काठमाडौं । काठमाडौं उपत्यकाको जमिनमुनि पानीको सतह हरेक वर्ष घट्दै गएको छ । जनघनत्व बढ्दै जाँदा जमिनमुनिबाट अत्यधिक पानी निकाल्न थालिएकाले उपत्यकाको जमिन भासिने खतरा भएको विज्ञहरूले बताएका छन् । भूमिगत जलस्रोत विकास समितिका सिनियर डिभिजन हाइड्रोजियोलोजिस्ट सुरेन्द्रराज श्रेष्ठका अनुसार आकाशबाट पर्ने पानी जमिनमुनि जति रिचार्ज हुन्छ, त्योभन्दा धेरै गुणा बढी निकालिएको छ । ‘रिचार्ज हुने पानीको मात्राभन्दा अत्यधिक...
