जयगढमा रेडियो बान्निगढी एफएम परिक्षण प्रशारणमा

262

लालबहादुर विक
माघ ७
अछाम ।
अछामको जयगढवाट रेडियो बान्निगढी सञ्चालनमा आउने भएको छ । बान्निगढी सञ्चार समूहद्धारा सञ्चालित रेडियो बान्निगढी ९३ दशमलव ४ मेगाहर्जमा माघ ५ गते बुधवार वाट परिक्षण प्रशारण सुरुवात भएको छ । परिवर्तनको बिगुल भन्ने मुल मन्त्र सहित सञ्चालनमा ल्याईएको उक्त एफएम रेडियो स्थापना भएसंगै त्यस क्षेत्रका स्थानिय हर्षित भएका छन । रेडियोको औपचारीक रुपमा परिक्षण प्रशारण सुरु गरिने रेडियोका प्रवन्ध निर्देशक धनराज साउदले जानकारी दिए । रेडियो बान्निगढी अछामको क्षेत्रनम्वर १ मा पहिलो र जिल्लाको हकमा ७ औ एफ एम रेडियोको रुपमा प्रशारणमा आँउन लागेको हो । अछाममा सदरमुकाम मंगलसेनवाट २ वटा, ठुलासैनवाट २ वटा र बिनायकवाट २ वटा एफएम रेडियोहरु यसअगि देखी निरन्तर प्रशारण हुदै आईरहेका छन ।