दुर्घटनामा दुईको मृत्यु

148

माघ ६,
चितवन । पश्चिम चितवनको चनौली नजिकैको भित्री सडकमा नचिनेको सवारीको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुञ्जनगरका अन्दाजी ४२ वर्षीय घले सोमे नाम गरेको व्यक्ति बताइए पनि यकिन पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसार आज बिहान गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हो । अन्दाजी ३ बजेको समयमा घटना भएको जस्तो देखिएको बुझिएको छ । उनको टाउकोमै गाडीले ठक्कर दिएको अवस्थामा शव फेला परेको र गाडी पहिचान हुन नसकेको अहिले सो क्षेत्रको नाकामा प्रहरी परिचालन गरेर गाडीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । भित्री सडक र एकान्त ठाउँ भएकाले दुर्घटना भएको र सवारी फरार रहेको प्रहरीले जनाएको छ । यसैगरी राजविराज मोटरसाइकल दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको बुधबार उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको मल्नहवा–६ निवासी ३५ वर्षीय राजनारायण चौधरी रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका चौधरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प १७९१ नंको मोटरसाइकल महेन्द्र राजमार्गअन्तर्गत कञ्चनरुप–११ मा रोकिराखेको नम्बर खुल्न नसकेको ट्रयाक्टरमा मंगलबार राति ठोक्किएर दुर्घटना भएको थियो ।