पत्रकारलाई ३ दिने तालिम

385

अछाम । बिपद जोखिम न्यूनिकरण सम्वन्धि सञ्चारकर्मीहरुका लागि ३ दिने तालिम मंगलसेनमा भएको छ । वाक नेपालद्धारा सञ्चालित कृषि, स्वास्थ्य तथा बैकल्पीक जीविकोपार्जन प्रबद्र्धन (पहल) कार्यक्रमको आयोजनामा तालिम सञ्चालन भएको हो । तालिममा बिपद, बिपद ब्यावस्थापन, बिपद जोखिम बिश्लेषण, बिपदका प्रकार, प्रकोप र प्रकोप जोखिम न्यूनिकरण, जलवायु परिवर्तन र यसका असरहरु आदिवारे पहिलो दिनको कक्षामा जानकारी गराईएको थियो । वाक नेपालका कार्यकारी निर्देशक डम्मर रावलको अध्यक्षतामा भएको तालिमको उदघाटन समारोहमा पहल कार्यक्रम डडेल्धुरामा कार्यरत लक्ष्मी अवस्थी, पहल कार्यक्रमका अछाम प्रमुख दान बहादुर साउद, जिल्ला कार्यक्रम संयोजक प्रेम बिक लगायतका अतिथीहरु रहेका थिए । उदघाटन कार्यक्रमको सञ्चालन पहल कार्यक्रमका मिन बहादुर हुणकेले गरेका थिए । ३ दिनसम्म चलेको तालिममा जिल्ला स्थित बिभिन्न सञ्चारमाध्ययममा कार्यरत १४ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।