खर काट्न जादाँ ..

350

माघ ६,
सुनसरी । खर काट्न जादाँ बदेलको आक्रणबाट कोसीटप्पु वन्यजन्तु आरक्षमा चार जना घाइते भएका छन् । घाइते हुनेमा सुनसरी पश्चिमकुशाहा–८ बस्ने ८ रिना उराव, सङ्गीता चन्द्रवंशी, रामे उराव र पश्चिमकुशाहा–९ बस्ने चन्द्रदेव यादव रहेको आरक्षको कार्यालयले जनाएको छ । खर काट्न आरक्ष गएका बेला उनीहरूलाई बदेलले आक्रमण गरेको थियो । आरक्षले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको पहलमा तीन दिनका लागि खरखडाई गर्न खुल्ला गरेको थियो । आरक्ष प्रशासनले खरखडाई गर्न यही माघ २ देखि ४ गतेसम्म पुर्जी वितरण गरेको थियो ।