चैत १०, त्रिशूली ।
नेकपा (एमाले)ले जिल्लामा परिवर्तित स्थानीय तहको संरचना अनुसार आफ्नो सङ्गठनलाई विस्तार गरेको छ । साबिकको क्षेत्रीय, इलाका, गाउँ र नगर कमिटीलाई नयाँ स्थानीय तहको संरचनाअनुसार रूपान्तरण गर्ने गरी एमालेले जिल्ला मातहतका सबै कमिटी पुनर्गठन गर्ने अभियान अघि बढाएको हो । स्थानीय तहअनुसार जिल्लाका १२ वटा स्थानीय तहमा इन्चार्ज र संयोजकहरु तोकेर एमालेले आज अभियान थालेको हो...
चैत १०, दमौली । नेपाली काँग्रेस तनहुँका उपसभापति ६५ वर्षीय ताराराज रानाको बुधबार हृदयाघातका कारण अकस्मात् निधन भएको छ । बुधबार बिहानसम्म सञ्चै रहेका रानाको दिउँसो अकस्मात् निधन भएको हो । दिउँसो १२ः३० बजे छविसेस्थित खेतमा जाँदा छाति दुख्यो भनेर असहज महसुस गरेका रानालाई शिव मेडिकल हल थर्पुमा सामान्य उपचार पछि जेठा छोरा गौरवले पोखराको फिस्टेल अस्पतालमा उपचारका लागि...
चैत १०, लिबाङ (रोल्पा) । रोल्पाका अधिकांश क्षयरोगका बिरामी जटिल अवस्थामा पुगिसकेपछि मात्र स्वास्थ्य संस्थामा चेकजाँचका लागि आउने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा तेजेन्द्र साउदका अनुसार अशिक्षा, गरिबी, चेतना अभाव तथा भौगोलिक विकटताका कारण बिरामी उचित समयमा स्वास्थ्य जाँचका लागि अस्पताल आउन नसकेको बिरामीले बताउने गरेका छन् । सहरी क्षेत्र तथा शिक्षित परिवारका बिरामी भने...
Baitadi, March 23: Rural area people of Baitadi district are still unaware of the government-sponsored health insurance programme.
The government has introduced health care insurance to ensure citizens' easy access to basic health services.
"I am not aware of the health insurance", said Ramita Saud of Shivanath rural municipality-1, of Baitadi. "What is health insurance? We do not know", he questioned.
Likewise,...
चैत १०,
गाईघाट । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी नगरपालिका–१ शिखरपुरमा गरिबीका कारण उपचार हुन नसक्दा एक मानसिक सन्तुलन गुमाएका युवक घरको आँगन नजिकैको खोरमा केही महिना यतादेखि निरन्तर थुनामा रहँदै आएका छन् । यसरी थुनामा रहेका युवक ३४ वर्षीय शिवराज विक रहेको कुरा स्थानीय धनराज विकले बताए । २०६५ साल अघिसम्म मानसिक रुपमा स्वस्थ रहेका शिवराज २०६५ को फागुन...
चैत १०, बैतडी । सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याएको भए पनि बैतडीका ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य बिमाबारे अनभिज्ञ रहेका छन् । स्वास्थ्य बिमाबारे आफूलाई केही पनि थाहा नभएको बैतडीको शिवनाथ गाउँपालिका–१ की रमिता साउदले बताइन । उनले उल्टै सोधिन् “स्वास्थ्य बिमा भनेको के होे ?” शिवनाथ गाउँपालिका–१ कै पदमसिंह चांडले पनि स्वास्थ्य बिमाबारे...
चैत १०,
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण बिहीबारदेखि सुरु हुँदैछ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राति चीनको बोआओतर्फ प्रस्थान गर्न लागेको हो । प्रधानमन्त्री दाहालले आउँदो शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने तालिका छ । भ्रमणका क्रममा नेपाल र चीनबिच कुनै सम्झौता नभएपनि यसअघि भएको व्यापार तथा...
चैत १०,
काठमाडौं । नेपाली सेनाले सहायक रथी झंकरबहादुर कडायतललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । प्रवक्ता ताराबहादुर कार्की केही दिनमै सेवानिवृत्त हुन लाग्नुभएकाले नेपाली सेनाले विशेष फौज (१० नम्बर बाहिनी) का बाहिनीपति कडायतलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । नेपाली सेनामा ३५ वर्ष सेवा पु¥याउनुभएका कार्कीले डेढ वर्ष प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभयो । बाहिनीपति कडायतले भारतमा सैनिक सहचरीको जिम्मेवारी निभाउनुभएको थियो भने...
चैत १०,रत्ननगर (चितवन)। चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको शव ११ किलोमिटर तल नारायणी नदीमा फेला परेको छ ।
नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टिमले उनको शव पाँच दिनपछि फेला पारेको हो ।
उनको शव बुधबार पश्चिम चितवनको काभ्रेघाटस्थित नारायणी किनारमा फेला परेको र अहिले उनको शवलाई भरतपुर अस्पतालमा राखिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी...
भोजपुर, ९ चैत । भोजपुरमा ८० प्रतिशत सर्वसाधारणलाई हात्तीपाइलेको औषधि खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यही चैत ५, ६ र ७ गते भोजपुर जिल्लाभरका ८० प्रतिशत सर्वसाधारणलाई औषधि खुवाइएको हो ।
औषधि एकलाख ५० हजार चारसय ९५ जनालाई खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन विनोद मिश्रले जानकारी दिए। दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा औषधि खुवाउनका...







