काठमाडौँ, ९ चैत । स्थानीय तह कार्यान्वयनमा आएसँगै काठमाडौँ महानगरपालिकाबाट हटाइएको रञ्जना लिपिको पुनः प्रयोग गरिने भएको छ ।
स्थानीय तह कार्यान्वयनसँगै कामपाको लेटर प्याड र साइनबोर्डबाट महानगरपालिकाको मौलिकता र पहिचान झल्किने रञ्जना लिपि हटाएको थियो । सातसय ४४ स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहको साइनबोर्ड, लेटर प्याड र लोगो गाउँपालिका वा नगरपालिकाको नामबमोजिम परिवर्तन गर्नुपर्ने भएकाले कार्यकारीप्रमुख तथा कार्यकारी...
चैत ९
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर जबराले अब निर्वाचन चाहेर पनि कसैले रोक्न नसकिने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै जबराले मधेशका पार्टीहरुसँग सरकारले संम्वाद गरिरहेको र हिजोदेखि २ नम्बर प्रदेशमा समेत निर्वाचन हुने सम्भावना बढेको बताए ।
राणाले सबै दलहरु निर्वाचनमा होमिसकेको र संशोधन पूरा नभए पनि केही मात्रामा...
तेह्रथुम, ९ चैत । जिल्लाको पर्यटन क्षेत्र विकास गर्ने उद्देश्यले एक वर्षअघि थालिएको पञ्चवर्षीय पर्यटन गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । पर्यटनको माध्यमबाट समग्र जिल्लाको आर्थिक विकास गर्ने भन्दै गुरुयोजना निर्माण थालिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ ।
विज्ञ, सरोकारवाला, स्थानीयवासी, राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकाय प्रमुख, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख, पर्यटन व्यवसायी, होटल व्यवसायी,...
चैत ९,
काठमाडौं । मुलुकमा संविधान कार्यान्वयनसँगै अहिले ठूला भनिएका स्थानीय विकास, शिक्षा मन्त्रालय, शान्ति पुनर्निर्माण लगायतका मन्त्रालयहरु खारेज हुने भएका छन् ।
अब केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १४ वटामात्र मन्त्रालय रहने प्रस्ताव तयार भएको छ ।
काशिराज दाहाल नेतृत्वको प्रशासन सुधार सुझाव समितिले केन्द्रमा १२ मन्त्रालय बनाउन सुझाव दिएको थियो । तर केन्द्र, प्रदेश र स्थानीय तहमा रहने संरचनाको...
जाजरकोट, ९ चैत । दीपेन्द्र मावि सक्लाबाट बुधबार माध्यमिक शिक्षा परीक्षा दिइरहेकी एक छात्राले छोराको जन्म दिएकी छिन् ।
सदरमुकामबाट दुईदिन पैदल दुरीको बारेकोट गाउँपालिकास्थित लिम्साको परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी अन्दाजी १६ बर्षीया निरुता सिंहले छोराको जन्म दिएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्साका प्राचार्य गोरखबहादुर सिंहले जानकारी दिए ।
बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको लिम्सा स्वास्थ्य कार्यालयले बताएको...
चैत ७,
त्रिशूली । नुवाकोटमा यस वर्ष रु एक अर्ब १० करोडको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए ।
उनका अनुसार गत वर्ष रु ८७ करोड बराबरको तथा अघिल्लो वर्ष रु ८५ करोड बराबरको आलु उत्पादन भएको...
काठमाडौँ, ९ चैत । सङ्घीय संरचनाअनुसार प्रदेश नं ३ मा सबैभन्दा बढी तीनवटा महानगरपालिका रहेका छन् । अर्को एउटा महानगरपालिका प्रदेश नं ४ मा परेको छ ।
तीन नं प्रदेशमा काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा ४ नं प्रदेशमा पोखरा लेखनाथ महानगरपालिका निर्धारण गरिएको छ । जनसङ्ख्यालाई आधार मान्दा सबैभन्दा ठूलो काठमाडौँ महानगरपालिका रहेको छ । ४९ दशमलव ४५ वर्ग...
चैत ९,
चितवन । सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ ।
बिहान ९ः ५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०ः २० मा भरतपुर विमानस्थलमा अवतरण भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिनुभयो । सिम्रिकसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या तीन पुगेको छ ।
सिम्रिकको १८ सिटको सो जहाजले १५ जना...
चैत ९,
रुकुम । बालविवाहका कारण ग्रामीण भेगका महिला मानसिक समस्या झेल्दै आएका छन् ।
बालविवाह गर्नेलाई कानुनी कारबाही नहुँदा बालविवाह घट्न सकेको छैन् । जनचेतनाको कमीले गाउँमा अझै पनि सानै उमेरमा विवाह गर्ने गरेका छन् । यसबाट महिला हिंसाका घटनामा समेत वृद्धि भएको छ । बहुविवाह र सम्बन्धविच्छेदका घटना समेत बढ्दै गएका छन् ।
बालविवाहकै कारण कतिपय महिलाले आत्महत्या समेत गर्ने...
पोखरा, ९ चैत । जिल्ला कृषि विकास कार्यालय, कास्कीले ७५ प्रतिशत अनुदानमा कास्कीका कृषकलाई यस वर्ष उन्नत जातका मकैको बीउ वितरण गरेको छ ।
मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत ११ टन मकैको बीउ वितरण गरिएको कृषि प्रचारप्रसार अधिकृत प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।
अरुण २, रामपुर कम्पोजिट र मनकामना जातको बीउ जिल्लाका थुम्की, माझठाना, मिजुरेडाँडा, घाचोक, पुरुन्चौर, देउराली, कृषि र...









