Sunday, September 27, 2026
Home प्रदेश काँग्रेस उपसभापतिको हृदयघातका कारण अकस्मात निधन

काँग्रेस उपसभापतिको हृदयघातका कारण अकस्मात निधन

287

चैत १०, दमौली । नेपाली काँग्रेस तनहुँका उपसभापति ६५ वर्षीय ताराराज रानाको बुधबार हृदयाघातका कारण अकस्मात् निधन भएको छ । बुधबार बिहानसम्म सञ्चै रहेका रानाको दिउँसो अकस्मात् निधन भएको हो । दिउँसो १२ः३० बजे छविसेस्थित खेतमा जाँदा छाति दुख्यो भनेर असहज महसुस गरेका रानालाई शिव मेडिकल हल थर्पुमा सामान्य उपचार पछि जेठा छोरा गौरवले पोखराको फिस्टेल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा रानाको बाटोमा नै मृत्यु भएको हो ।
अस्पताल पु¥याउनासाथ चिकित्सकले रानालाई मृत घोषणा गरेको उनका भतिजा जितराज रानाले बताए । सोही अस्पतालमा कास्की र तनहुँका काँग्रेसका नेता कार्यकर्ताले मृतक रानाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । २०३२/३३ साल देखि नेपाली कांग्रेसबाट राजनीतिक जीवन सुरु गर्नुभएका रानाका श्रीमती, दुई छोरी र दुई छोरा रहेका छन् । यसैबीच नेपाली कांग्रेस तनहुँका उपसभापति ताराराज रानाको बुधबार हृदयघातका कारण अकस्मात् निधन भएपछि नेपाली कांग्रेस तनहुँले स्तब्ध भएको जनाएको छ । उपसभापति रानाको निधनले आफूहरु स्तब्ध भएको पार्टी सभापति वैकुण्ठ न्यौपानेले बताए ।
वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेका तनहुँका उपसभापति ताराराज रानाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। अकल्पनिय उक्त घटनाले आफूलाई मर्माहत बनाएको पौडेलले बताए । पार्टीप्रति अत्यन्त इमान्दार र अनुशासित रानाको निधनले पार्टीलाई ठूलो क्षति पुर्याएको छ, उनले भने । त्यस्तै गरी नेपाली काँग्रेस संसदीय दलका सचिव एवम् सांसद धु्रव वाग्लेले नेका तनहुँका उपसभापति रानाको निधनले आफूलाई निकै मर्माहत बनाएको बताए ।