सेनाको प्रवक्तामा कडायत नियुक्त

345

चैत १०,
काठमाडौं । नेपाली सेनाले सहायक रथी झंकरबहादुर कडायतललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । प्रवक्ता ताराबहादुर कार्की केही दिनमै सेवानिवृत्त हुन लाग्नुभएकाले नेपाली सेनाले विशेष फौज (१० नम्बर बाहिनी) का बाहिनीपति कडायतलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । नेपाली सेनामा ३५ वर्ष सेवा पु¥याउनुभएका कार्कीले डेढ वर्ष प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभयो । बाहिनीपति कडायतले भारतमा सैनिक सहचरीको जिम्मेवारी निभाउनुभएको थियो भने पाकिस्तानबाट एनडिसी कोर्ष गरेका छन् । सैनिक मुख्यालयमा आयोजित समारोहमा सेवानिवृत्त हुन लाग्नुभएका मानार्थ उपरथी कार्कीले निष्पक्ष र वस्तुनिष्ठ समाचार सम्प्रेषण गरी नेपाली सेनाको संठनलाई सहयोग पु¥याएको भनी सञ्चार क्षेत्रको प्रशंसा गरेका छन् । प्रवक्ताको जिम्मेवारी सम्हाल्न लाग्नुभएका कडायतले विगत झैँ नेपाली सेनाको संगठनको श्रीवृद्धिमा सञ्चार क्षेत्रबाट उल्लेखनीय सहयोग हुने विश्वास व्यक्त गरे ।