Home Blog Page 2152
चैत २५, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले ‘छैटौँ घरजग्गा मेला–२०७३’ को आज भृकुटीमण्डपमा एक समारोहबीच उद्घाटन गरिन् ।नेपाल घरजग्गा तथा आवास विकास सङ्घले आयोजना गरेको सो मेलामा सुरक्षित एवम् भूकम्प प्रतिरोधी आवास तथा त्यससम्बन्धी सामग्रीहरुको प्रदर्शनी राखिएका छन् । मेला चारदिनसम्म चल्ने आयोजकले जनाएको छ ।सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलगायत सरकारी निकाय पनि मेलाको सहआयोजक छन्...
चैत २५, काठमाडौँ । काठमाडौँ उपत्यका भूकम्पको उच्च जोखिम क्षेत्रमा रहेको थाहा हुँदाहुँदै पनि पुरानो बसपार्कमा बहुतले भवन निर्माणको स्वीकृति दिइएकामा व्यवस्थापिका–संसद्को आजको बैठकमा आपत्ति जनाइएको छ । संसद्को बैठकको विशेष समयमा सांसद भीमसेनदास प्रधानले उपत्यकावासीले खुला स्थान कायम राख्ने लक्ष्यका साथ बसपार्क बनाउन दिइएको स्थानमा व्यावसायिक भवन बनाउन दिइनु गलत भएको धारणा व्यक्त गरे। उहाँले काठमाडौँको खुला स्थानमा सरकारी निकाय...
चैत २५, काठमाडौं। मधेसको समस्या समाधान गर्न स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिन्छ भन्ने चर्चा चलिरहेका बेला नेपाली काँग्रेसले भने एकै चरणमा निर्वाचन हुनुपर्ने जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी र घोषणापत्रका बारेमा सुझाव लिन आज यहाँ आयोजित पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताले सो धारणा राखेका थिए। बैठकमा अधिकांश केन्द्रीय सदस्य र सांसदले...
चैत्र २५,काभ्रे । काभ्रे मण्डनदेउपुर नगरपालिकाका युवाहरुमा नेपाल लोकतान्त्रिक फोरम प्रति आकर्षण बढेको छ । हिजो एक कार्यक्रमबीच किशोर श्रेष्ठको नेतृत्वमा १ सय भन्दा बढी युवा लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् । काभ्रेको साँगामा आयोजित मण्डनदेउपुर नगरपालिका अगुवा कार्यकर्ता भेलाका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य गणेश लामा, पार्टीका केन्द्रिय नेता रामेश्वर ढकाल, कान्छा लामा, जिल्ला अध्यक्ष गोविन्द थापाले नव प्रवेशीहरुलाई...
चैत २५, नवलपारासी । नवलपरासीमा स्थानीय प्रशासनले इजाजतपत्र प्राप्त हातहतियार स्थानीय प्रहरी कार्यालयमा बुझाउन आग्रह गरे पनि कसैले पनि हातहतियार बुझाएका छैनन् । स्थानिय प्रशासनले सूचना प्रकाशन गरी गत चैत १६ गतेभित्र स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरुपमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैको सूचना जारी गरेको थियो । यद्यपि सूचना जारी भई म्याद सकिएपनि कसैले पनि प्रहरीमा हातहतियार नबुझाएको प्रमुख जिल्ला अधिकारी...
चैत २५, सोलुखुम्बु । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले पाँच ‘प’को प्रवद्र्धनलाई जोड दिइरहेको बताएका छन् । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा विहिबार नवौँ राष्ट्रपति रनिङ सिल्ड अन्तरमावि खेलकुद प्रतियोगीताको उद्घाटन गर्दै सचिव दाहालले ‘खेलकुदमा लगानी गर्न नडराऔँ’ भन्ने नाराका साथ पाँच ‘प’को प्रवद्र्धनमा मन्त्रालय लागेको बताए । सचिव दाहालले खेलक्षेत्रको विकासका लागि पाँच ‘प’ अर्थात् पूर्वाधार...
चैत २५, काठमाडौं । दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ । मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालन गर्नका लागि लिखित निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका...
चैत २५, पर्सा । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले देशमा विद्यमान राजनीतिक समस्याको समाधान सरकारले शक्तिबाट खोजेको आरोप लगाएका छन् । तमलोपाले हिजो पर्साको पोखरियामा आयोजना गरेको कार्यक्रममा उनले मधेसी, दलित तथा जनजातिको समस्याको समाधान मोर्चाले वार्ता र संवादबाट खोजेपनि सरकारले संसद्मा सङ्ख्या र सडकमा हतियारको शक्तिबाट राजनीतिक समस्याको समाधान खोजेको दाबी गरे । अध्यक्ष ठाकुरले संविधान...
चैत २५,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि पनि जतिसक्दो चाँडो संविधान कार्यान्वयन गर्नुपर्ने बताए। माइती नेपालको रजत जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महिला, दलित, मुस्लिमलागायत उत्पीडित समुदायको अधिकारलाई सुनिश्चित गरी नयाँ संविधान जारी भएको सन्दर्भमा त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको बताए। उनले राज्यको तल्लो तहबाटै महिलाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संविधान कार्यान्वयन...
चैत २५, भक्तपुर । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले जाती जनजातीको कुरा गरेर मुलुकको उन्नती नहुने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनले भक्तपुरमा आयोजना गरेको ३८ औं शिक्षक दिवस तथा सम्मान कार्यक्रममा बोल्दै रावलले नेपालको गौरव र एकतालाई कायम राख्न सबै नेपाली एकजुट हुनु पर्ने बताए । सिमानामा आएर विदेशी सुरक्षाकर्मीले गोली चलाउदा सबै नेपालीको मन दुखेको भन्दै रावलले यस्तो कार्यको...