चैत्र २८, काठमाडौं।
२०७२ साल बैशाख १२ र २९ गतेको महाभूकम्पले बौद्धनाथ महाचैत्यको डोम (गर्भ) माथिको भाग र डोम (गर्भ) माथिको हर्मिका (आँखा भएको भाग) चर्किएको थियो । त्यसमाथिको (स्टेप) अर्थात १३ तलाहरु सबै उप्किएको थियो । त्यसमा चुना, सुकी, बालुवाको प्रयोग भएको छ । सबैभन्दा बढी क्षति सोक्सिङ् (रष्ति) मा पुगेको थियो। सोक्सिङ्लाई स्तुपको मेरुदण्ड मानिन्छ । १३ तल्लाको...
चैत २८, इलाम ।
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पास गराउन लागेको भन्ने प्रधानमन्त्रीको भनाइमा कुनै सत्यता नभएको टिप्पणी गरेका छन्। प्रेस चौतारी इलामले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संविधान संशोधनको विषयमा एमालेले पहिलेदेखि नै लिएको अडान अहिले पनि कायमै छ, यसमा हाम्रो कुनै सहमति भएको छैन्,’ उनले भने।
संविधान संशोधनको कुरा बेमौसमको...
चैत २८, पर्वत ।
पर्वतका भूकम्पपीडितसँग करिब २ वर्षपछि निजी आवास पुनर्निर्माण अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय तथ्याङ्क विभागअन्तर्गत जिल्ला तथ्याङ्क कार्यालयले जिल्लाका सबै भूकम्पपीडितको लगत सङ्कलन गरिसकेपछि आइतबारदेखि अनुदान सम्झौता सुरु भएको हो । पर्वतको मोदी गाउँपालिकाबाट निजी आवास पुनर्निर्माण अनुदान सम्झौता तथा प्रथम किस्ता वितरण अभियान सुरु भएको हो । जिल्लामै सबैभन्दा...
चैत २८, गाईघाट ।
बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उदयपुर जिल्लाको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई आइतबार जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र रु ५० हजार जरिबानाको फैसला गरेको छ । यस्तै बालिका बलात्कार गरेको अभियोगमा नै उदयपुरकै मैनामैनी–९ का २३ वर्षीय बोलमान राई पनि आइतबार नै जिल्ला अदालत उदयपुरले आठ वर्षको जेलसजाय र रु १५...
चैत २८ ,भक्तपुर।
भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु हुँदैछ । यससँगै भक्तपुर जात्राको रौनकमा झुम्न थालेको छ । तर सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको छ ।
नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्केट जात्रा आठ रात ९ दिनसम्म धुमधामका साथ मनाइने गदर्छ । आज साँझ टौमढीस्थित पाँचतल्ले मन्दिरअगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरुवात गरिन्छ...
चैत, २८ बागलुङ ।
बागलुङ नगरपालिका–१ की ममतादेवी शर्माले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएका छन् । राजनीतिमा लाग्न शर्माले स्थानीय रुद्रेपिपल माविमा १७ वर्षदेखि सम्हालेका प्रअको जिम्मेवारी त्याग गरेका छन्।
आइतबार बागलुङका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रसामु राजीनामा बुझाएको शर्माले बताए । बागलुङ नगरपालिकामा नेकपा (एमाले)का तर्फबाट प्रमुख पदमा ४४ वर्षीया शर्मा आकाङ्क्षी छन् ।“२३ वर्षसम्म...
चैत २८, तेह्रथुम ।
जिल्ला कारागार तेह्रथुममा रहेका अधिकांश कैदीबन्दीमा उच्च रक्तचापको समस्या देखिएको छ । आइतबार कारागारमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षणका क्रममा धेरै कैदीबन्दीमा उच्च रक्तचापको समस्या रहेको पाइएको संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला कारागारमा लाइन्स क्लब अफ विराटनगर र विराटनगर भन्सार सङ्घले संयुक्तरुपमा स्वास्थ्य शिविर आयोजना गरी कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधोपचार गरेको हो ।
नियमितरुपमा स्वास्थ्य...
चैत २७,
धनुषा । बालिकालाई कहिले चकलेट दिएर त, कहिले मिश्री दिने धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ । धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको घटना बाहिर आएको हो । बालिकालाई बलात्कार गरेको आरोपमा वडा नं १७ कै ६१ वर्षीय वृद्ध सहदेव मण्डल र ४५ वर्षीय चलित्तर...
चैत २७,
काठमाडौं । पर्वतारोही आङरिता शेर्पा जीवनको कठिन अवस्थामा पुगेका छन् । सिकिस्त बिरामी परेपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका हिम चितुवालाई कुन रोगले थलाएको हो भन्ने चिकित्सकहरुले अझै ठम्याउन सकेका छैनन् ।
दश पटक भन्दा बढी विना अक्सिजन सगरमाथा आरोहण गरेका साहसी आरोही शेर्पा ७० वर्षको उमेरमा थलिएका हुन् ।
विश्वकै सबैभन्दा छिटो आरोहीको कीर्तिमान कायम गरेका पेम्बा दोर्जे...
चैत २५, विराटनगर।
थ्रेसर मेसिनमा च्यापिएर गएराति मोरङमा एक युवकको मृत्यु भएको छ । पथरी–शनिश्चरे–७ स्थित मुक्तिचोक बस्ने १६ वर्षीय सन्दिप मण्डलको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । स्थानीय एक व्यक्तिको घरमा राखिएको गहुँबालीमा थ्रेसर मेसिन लगाउने क्रममा अचानक थ्रेसरभित्र पस्दा उनी थ्रेसरबाट काटिएपछि मृत्यु भएको बताइएको छ ।










