Sunday, September 20, 2026
Home Uncategorized मोर्चाले वार्ताबाट समस्याको समाधान गर्न खोजेको तर सरकारले शक्ति प्रयोग गर्न खोजको...

मोर्चाले वार्ताबाट समस्याको समाधान गर्न खोजेको तर सरकारले शक्ति प्रयोग गर्न खोजको ठाकुरको आरोप

588

चैत २५, पर्सा ।
तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले देशमा विद्यमान राजनीतिक समस्याको समाधान सरकारले शक्तिबाट खोजेको आरोप लगाएका छन् । तमलोपाले हिजो पर्साको पोखरियामा आयोजना गरेको कार्यक्रममा उनले मधेसी, दलित तथा जनजातिको समस्याको समाधान मोर्चाले वार्ता र संवादबाट खोजेपनि सरकारले संसद्मा सङ्ख्या र सडकमा हतियारको शक्तिबाट राजनीतिक समस्याको समाधान खोजेको दाबी गरे । अध्यक्ष ठाकुरले संविधान संशोधन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको पुनःसंरचनालगायत माग सम्बोधन नभएसम्म मोर्चा कुनैपनि निर्वाचनमा सहभागी नहुने प्रष्ट्याए ।