Wednesday, October 7, 2026
Home समाचार घरजग्गा मेला–२०७३ आजबाट शुरु

घरजग्गा मेला–२०७३ आजबाट शुरु

232

चैत २५, काठमाडौँ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘छैटौँ घरजग्गा मेला–२०७३’ को आज भृकुटीमण्डपमा एक समारोहबीच उद्घाटन गरिन् ।नेपाल घरजग्गा तथा आवास विकास सङ्घले आयोजना गरेको सो मेलामा सुरक्षित एवम् भूकम्प प्रतिरोधी आवास तथा त्यससम्बन्धी सामग्रीहरुको प्रदर्शनी राखिएका छन् । मेला चारदिनसम्म चल्ने आयोजकले जनाएको छ ।सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलगायत सरकारी निकाय पनि मेलाको सहआयोजक छन् ।