जाती जनजातीको कुरा गरेर मुलुकको उन्नती हुदैनः रावल

296

चैत २५,
भक्तपुर । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले जाती जनजातीको कुरा गरेर मुलुकको उन्नती नहुने बताएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले भक्तपुरमा आयोजना गरेको ३८ औं शिक्षक दिवस तथा सम्मान कार्यक्रममा बोल्दै रावलले नेपालको गौरव र एकतालाई कायम राख्न सबै नेपाली एकजुट हुनु पर्ने बताए ।
सिमानामा आएर विदेशी सुरक्षाकर्मीले गोली चलाउदा सबै नेपालीको मन दुखेको भन्दै रावलले यस्तो कार्यको सबैले सधै विरोध गर्न आग्रह समेत गरेका छन् ।
एमाले उपाध्यक्ष रावलले तराईको बुद्ध र संसारको अग्लो सगरमाथा हिमालले नेपालीबिच सधै एकता कायम राख्न घच्घचाइ रहेको बताए ।
देशभक्तिको भावनाविना संसारमा कुनैपनि देशमा विकाश हुन नसक्ने भन्दै रावलले छिमेकी देश चीन, अमेरिका, भारत लगायतका मुलुक देशभक्तिकै कारण विकाश भएको बताए । संबिधानले कसैलाई बिभेद नगरेको बताउँदै उनले आवेश र उत्तेजनामा नआई सहमतिका साथ संविधान कार्यान्वयन र निर्वाचन गनुपर्नेमा जोड दिए ।
संबिधान सबैको सहभागीतामा बनेको उल्लेख गर्दै उनले संबिधान सबैको सहमतिको दस्ताबेज भएको र यसले सबैको भावनाको सम्मान गरेकोले संबिधानको स्वामित्व सबैले ग्रहण गर्नुपर्ने बताए ।
संबिधानले बिबिध बिचारलाई एकै ठाउमा ल्याएको बताउँदै अब निर्वाचन मार्फत संबिधान कार्यान्वयन गर्दै आर्थिक समृद्धिको दिसातीर लाग्नुपर्नेमा जोड दिए ।
मुलुकलाई राजनीतिक स्थायीत्व र दिगो शान्तिको आवश्यकता भएको बताउँदै शिक्षा नीति पनि सोही अनुरुप हुनुपर्ने उल्लेख गर्नुभयो ।नेपाल नै नरहे हामी पनि नरहने बताउँदै अबको निर्वाचनमा देशभक्त र बिकासप्रेमी उम्मेदवारलाई जनताले छान्नुपर्ने बताए ।
अन्तराष्ट्रिय परिस्थिति र राजनीतक त्रुटीका कारण स्रोत र साधनले सम्पन्न हुँदाहुँदै पनि हामी पछि परेको बताउँदै देश सँधै अहिलेकै अबस्थामा रहन नसक्ने उल्लेख गरे ।
कार्यक्रममा अवकाश प्राप्त शिक्षक, प्राध्यापक तथा शिक्षा क्षेत्रमा योगदान विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो छ ।