Home Blog Page 2153
चैत २४, गुलरिया । बर्दियाको राजापुरस्थित कर्णाली नदीमा नुहाउने क्रममा एक १६ वर्षीय बालक बेपत्ता भएका छन् ।बर्दियाको राजापुर र कैलालीको सत्तीघाटलाई जोड्ने कर्णाली पुलमा नुहाउँदै गरेको फोटो (सेल्फी) खिच्दै गर्दा पानीमा खसेर राजापुर–११ बस्ने रुपेश श्रेष्ठ बेपत्ता भएका हुन् ।हिजो दिउँसो साढे १ बजेतिर साथीसँगै छोरो घरबाट निस्केको बालकको बुबा राजु श्रेष्ठले बताए । उनी श्रेष्ठका जेठा छोरा हुन्...
चैत २४,पाल्पा । गरिब तथा विपन्न वर्गका परिवारका सदस्यको स्वास्थ्य बीमाका लागि आर्थिक सहयोग प्राप्त भएको छ । लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पाले साविकको वीरकोट गाउँ विकास समिति वडा नं ४ र ५ का गरिब तथा विपन्न परिवारका सदस्यलाई रु एक लाख २५ हजार रकम सहयोग गरेको छ । मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले वीरकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका...
चैत्र २३, काठमाडौं । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदारले आज भएको पार्टी एकता पछि कार्यक्रमलाई संवोधन गर्दै लोकतान्त्रिक फोरमलाई ७५ वटै जिल्लामा संगठन विस्तार गरि वैकल्पिक शक्तिको रुपमा आगामी निर्वाचनमै स्थापित हुने विचार व्यक्त गरेका छन् । मुलुकमा बिग्रेको राजनीतिलाई सहि ठाउँमा ल्याउन अहिले देखा परेका प्रमुख पार्टीहरु काँग्रेस एमाले र माओवादी केन्द्रबाट सम्भव नरहेको निस्कर्ष स्वरुप अस्ति...
चैत्र २३, काठमाडौं । नेपाल लोकतान्त्रिक फोरम व्यवस्थापिका संसदमा रहेका राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाती पार्टी नेपाल बीच आज एक कार्यक्रमका बीच पार्टी एकता भएपछि संसदमा १७ सदस्य सहित ५ औं ठूलो दल भएको छ । यस सँगै व्यवस्थापिका संसदमा दलहरुको संख्या २७ मा झरेको छ । संसदमा राष्ट्रिय जनमुक्ति पार्टीका २ र दलित जनजाती पार्टीका १ सदस्य...
पाल्पा । बाह्य पर्यटकलाई लक्षित गरेर रामपुरमा सञ्चालित होटल व्यवसायी पर्यटक नआउँदा निराश बनेका छन् । कालीगण्डकी बेसीकै उपत्यका रामपुरबजारमा करोडौँ रुपैयाँको लगानीमा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरिएका छन् । ठूलो धनराशि खर्च गरेका व्यवसायी बाह्य पर्यटक नभित्रँदा मारमा परेका छन् । रामपुरको बेझाडबजारमा मात्रै रु तीन करोडभन्दा बढीको लगानीमा दर्ता भएका ६४ र अन्य गरी करिब...
चैत २३, काठमाडौँ । निर्वाचनमा पार्टीका नेताका व्यक्तिगत मान्छे र गुटको भन्दा लोकप्रिय जनमतको छवी भएका उम्मेदवार चयन गर्न बुद्धिजीवीले नेपाली काँग्रेसका शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् । मुलुकको सबैभन्दा ठूलो दल काँग्रेसद्वारा घोषणा पत्र तयार गर्न सुझाव सङ्कलनका लागि आज यहाँ आयोजित कार्यक्रममा पेशागत सङ्घ सङ्गठनका प्रतिनिधिले स्थानीय तहमा पार्टीगत गुटको अन्त्य गरी सर्वस्वीकार्य उम्मेदवार चयन गर्नुपर्ने बताएका...
चैत २३, सुर्खेत । २०७१ साल साउन २९ गते आएको बाढीले हरिपुरका करिब एक सय घरपरिवार विस्थापित भएका थिए । तर कति सरकार आए गए तर उनीहरुको पीडा सुनिदिने कोही भएन । उनीहरु अहिले गिरीघाट जङ्गलमा पालमुनी सानो छाप्रोमा बस्दै आएका छन् । बाढीबाट सबै गुमेपछि अभावै अभावमा खुल्ला आकासमुनि बस्न बाध्य भएका हरिपुरवासीलाई ३२ महिना पुग्दासम्म पनि उचित व्यवस्थापन...
चैत २३, महोत्तरी । ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा गौशाला नगरपालिका बजारमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा विगत तीन वर्षदेखि अङ्ग्रेजी विषय पढाउँदै आएका शिक्षक गौशाला नगरपालिका– ३ का ३८ वर्षीय रामदुलार साह सोनार रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । शिक्षक साहले यसैवर्ष एसईई...
चैत २३ भक्तपुर । निर्माण व्यवसायी संघ भक्तपुरले सरकारले सार्वजनिक खरिद नियमावली २०६४ मा गरेको पाँचौ संशोधन सच्याउन माग गर्दै आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष निरञ्जन बजगाईको नेतृत्वमा गएको निर्माण व्यबसायीको टोलीले भक्तपुरका प्रजिअ द्रोण पोखरेल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउनु अघि संघको कार्यालयमा आयोजना भएको पत्रकार...
चैत २३ । भक्तपुर । भक्तपुरमा औद्योगिक, साँस्कृतिक तथा व्यापार मेलाको आयोजना गरिएको छ । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा औद्योगिक तथा व्यापार मेला सञ्चालन गरिएको आयोजकले जनाएका छन् । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा आयोजना गरेको मेलामा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानलगायतका २ सय...