Wednesday, October 7, 2026
Home प्रदेश थ्रेसर मेसिनमा च्यापिँदा एक युवकको ज्यान गयो

थ्रेसर मेसिनमा च्यापिँदा एक युवकको ज्यान गयो

205
सांकेतिक तस्विर

चैत २५, विराटनगर।
थ्रेसर मेसिनमा च्यापिएर गएराति मोरङमा एक युवकको मृत्यु भएको छ । पथरी–शनिश्चरे–७ स्थित मुक्तिचोक बस्ने १६ वर्षीय सन्दिप मण्डलको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । स्थानीय एक व्यक्तिको घरमा राखिएको गहुँबालीमा थ्रेसर मेसिन लगाउने क्रममा अचानक थ्रेसरभित्र पस्दा उनी थ्रेसरबाट काटिएपछि मृत्यु भएको बताइएको छ ।