अछाममा चट्याङको डर बढ्दो

425

लाल बहादुर वि.क,
चैत २९, अछाम ।
अछाम जिल्लाको रामारोशन गाउपालिकाका मानिसहरु चट्याङले तरङ्गीत बन्दै गएका छन । अलिकती मात्र पानी पर्ने वित्तिकै गाँउका मानिसहरु बाहिर निष्किन समेत डराउने गरेका छन । गाँउमा उत्पादन गरिएका विद्युत लाईनहरुमा राम्रो आर्थिङ नगरिएकोले यो समस्या बढेको हुन सक्ने रामारोशन गाँउपालिका ५ नेटाकोटका भक्त बहादुर टमट्टाले बताए ।
उनले भने २०७३ चैत्र २१ गते आएको चट्याङले आफ्नो घरमा क्षति गरेको र आफ्नो श्रीमती बेहोस भएको पनि बताए । सोहि दिन आएको चट्याङले भाटाकाटियामा रहेको नमस्तेको टावरमा क्षति पुग्दा एक हप्ता भन्दा बढि भैसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । टावर सञ्चालनमा नआउदा त्यहाँका स्थानियहरुलाई फोन गर्न जटिल समस्या हुने गरेको छ ।
गाँउमा थोरै पानी पर्ने वित्तिकै आकाशमा विजुलि चम्कने गर्दा आफुहरुलाई घरभित्र बस्न समेत डर लाग्ने गरेको रामारोशन गाँउपालिका ५ नेटाकोटका नाम देवि टमट्टाले बताए ।रामारोशन गाँउपालिका वडा नम्बर ५ मा चट्याङकै कारण २ वर्ष पहिले ३० भक्त रोकाया, मृत्यु भएको थियो भने उनको गोठमा बाँधिएको एक भैसी समेत मरेको रामारोशन गाँउपालिका ५ पातलका प्रेम बुढाले बताए ।
गाँउमा वितरण गरिएका विद्युत लाईनहरुलाई आर्थिङ गरेर राम्रो संग सञ्चालन गरेमा चट्याङको समस्या कम हुन सक्ने रामारोशन ५ कै मनोज बटालाले बताए । विगत २ वर्ष यता रामारोशनमा मात्र चट्ङकै कारण २ जना मानिस र ५ वटा भैँसीहरुको ज्यान गैसकेको छ ।