संगीतमा लागेर आलिसन घरमा बस्न नसकेपनि इज्जतले बाच्न सकिन्छः सुजन

691

नेपाली सांगीतिक आकाशमा आशाबादी भएर उदाएका गायक तथा संगीतकार सुजन तिगेला लिम्बु संग बेलायतबाट नयाँ न्युजका लागि जानू काम्बाङ्ग लिङ्ग्देनले गरेको छोटो सांगीतिक कुराकानीः
तपाईं अहिले के गर्दै हुनुहुन्छ ?
म कलाकार सुजन तिगेला लिम्बूको नमस्कार । र म अहिले मेरो सोलो एल्बम कालजयी २ र मेरो पहिलो लिम्बू एल्बम काङ्सोरे लगायत अन्य एल्बम तथा फुटकर गीतहरूमा सिर्जनारत छु ।
तपाई यो क्षेत्रमा आएको कति भयो र सांगीतिक सिक्क्षा कहाबाट लिनु भो ?
म यस क्षेत्रमा आएको त डेढ दशक भयो , किनकी मैले कक्षा ९ मा पढ्दै गीत गाई सकेको थिएँ, तर सङ्गीतको शिक्षा लिएर औपचारिक रूपमा चही ७० साल देखि हो । अनि मैले साङ्गीतिक शिक्षा चाँही दार्जि्लिङका गुरुदय मणिकमल क्षेत्री र अनिल फागोबाट लिएको हुँ ।
तपाई हिजोको साधारण जीवन र आजको कलाकारिताको जीवनलाई कसरि हेर्नु हुन्छ ?
जीवन जिउने शैली त उस्तै नै हो तर साधारण जिबनमा कमाउथे , खान्थे , घर बनाउथे , गाडी किन्थे यहि त हो तर कलाकारिताको उपनाम थपिए पछि यी कुरा त छदैछ अझै मेरो नामसङ्ग हाम्रो सामुदाय भित्रको कलाकारिताको प्रतिनिधित्व साथै देशकै केही हिस्सा मेरो काधमा पनि जिम्मेवारी थपिएको महसुस हुन्छ ।
यो क्षेत्रमा, चर्चामा आउन कतिको सजिलो छ ?
गाह्रो छैन चर्चामा आउन त अनेक किसिमले आउन सकिन्छ , र आइरहेका पनि छन धेरै ब्यक्तिहरु , तर चुलिन राम्रो नपाइ नाम निसाना हराई हाल्छ , भन्नुको मतलब सस्तो चर्चा । कला सबैसङ्ग हुन्छ तर क्वालिटि सबैसङ्ग हुदैन फरक यहि हो । चर्चामा नआउनु राम्रो आइसके पछि स्थायित्व कायम राख्नु राम्रो होला ।
भनिन्छ कलाकारहरु एकपल्ट चर्चामा आउछन् र हराई जान्छन्, तपाई यो भनाईलाई झुट साबित गर्न के गर्नु पर्छ जस्तो लाग्छ ?
आउनु , हराउनु त स्वभाविक हो किनकी जो संग जति छ तेति नै दिने हो अब भाडै रित्ते पछि पस्केर के दिनु त ? त्येसैले हरेक क्षेत्रमा अध्यन , अनुसन्धान बढी गर्या हुन्छ खुबी पनि उसै सङ्ग बढी हुन्छ तसर्थ बिलाउनु हराउनु उसको ब्यक्तिगत मेहनतमा भर पर्छ जस्तो लाग्छ मलाई ।
तपाईको स्वर यति राम्रो छ, दिनको कति घण्टा रियाज गर्नु हुन्छ ?
स्वर मन पराईदिनु भो यहाँलाई फेरि पनि धन्यवाद ! पहिले पहिले समय पाउँदा १२र१४ घन्टा पनि रियाज गरिन्थ्यो, त्यसैले मेरो गला फुटायो अनि त्यसैले ६ महिना आवाज नि सुकायो तर अहिले भ्याउदिन एक डेढ घन्टा गर्छु ।
अहिले सम्म कति ओटा गीतमा स्वर भरिसक्नु भो ?
१ सय ५० जति भए होलान् करिब ।
परिबर्तित समयको माग सगै गित सुन्ने भन्दा हेर्ने चलन बढेको छ तपाई यसलाई कसरि हेर्नु हुन्छ ?
गीत भनेको वास्तबमा सुन्नकै लागि हो , प्रत्येक ब्यक्ती पिच्छे एउटै गीत धेरै कोणबाट सुन्न सक्छन किन्तु जब तेहि गीत हेर्न बनाइन्छ गीतमा एउटा मात्रै थिममा डिरेक्शन हुन्छ त्यसैले कतिपय गीतहरु भिडियोको कारण सहिद भएका छन । यो मनोरञ्जनात्मक क्षेत्र भएकोले समयको मागलाई नकार्न सकिन्न ।
तपाई यो सांगीतिक क्षेत्रलाई उहिले र अहिलेमा फरक कतिको पाउनु हुन्छ ?
सङ्गीत क्षेत्रमा उहिले र अहिले मात्र, समय फरक छ तर सङ्गीत त्यही सात शुद्ध र पाँच बिकृत गरि जम्मा १२ वटा स्वरमै दौडि रहेछ र कालान्तर दौडि रहने छ ।
संगीत गर्न लाई सिक्नु कतिको जरुरी छ ?
सङ्गीत ध्वनि र चाल दुबै हो तसर्थ सिक्ने नसिक्ने कुरा परको हो । सन्सारनै चालमय र ध्वनिमय छ । भोक लागेसी खानै पर्छ अर्को उपाय छैन । सिक्नु अनिवार्य छ ।
तपाईंलाई कस्तो खालका गित गाउदा बढी आत्मा सन्तुस्टी मिल्छ ?
मलाई यस्तो उस्तो गीत भन्दा पनि शब्द भाब अनुसारको न्याय र लायकारी गीत गाउदा सन्तुष्टि लाग्छ ।
कलाकारितालाई राज्यले कसरि हेरिरहेको छ र अझ कस्तो गरे हुन्थ्यो जस्तो लाग्छ ?
वास्तबमा कलाकार देशका गहना होइनन , लाउन मन लाग्दा लाउने फुकाल्नु मन लाग्दा फुकाल्ने । देशको उन्नती प्रगती हुनुमा कलाकारको ठुलो भुमिका हुन्छ , बरु अभिन्न अङ्ग हो । आफ्नो कला , संस्कृति लोप भए देश नरेश सब लोप भएर जान्छ यो कुरा राज्यले बुजेर अघि बढे उत्तम हुन्थ्यो ।
तपाईले अन्गीती गीतहरुमा स्वर भरिसक्नु भएको होला ? अहिलेसम्मकै आफैले गाएको गित आफैलाई अति मन परेको कुनै छ ?
आफ्नो गीत राम्रो नराम्रो भन्दा पनि कहिल्यै चित्त बुज्दैन मेरो बुझाईमा । पछिल्लो समयमा गाइएका गीत राम्रै छन तर मेरो परिचय दिन सफल गीत चही मेरो आफ्नै शब्द र सङ्गीत रहेको के साह्रो बिउटि …बोलको गीत हो।
अब तपाई त गायक मात्र नभएर एक राम्रो संगीतकार पनि पर्नु हुन्छ ? तपाइलाई मन परेको कुनै एक मात्र गीतकारको
नाम लिन परे कसको लिनु हुन्छ ?
अब यो प्रश्न गीतकारज्युले नै सोध्नु भो , तपाईंको मन पर्छ भन्दा रिसाउनु हुन्छ होला हाहाहा… यसको उसको भन्दा पनि यर्थापरक मर्म स्पर्सी शब्द मन पर्छ मलाई , चाहे त्यो नयाँ गीतकार किन नहोस ।
तपाइले जीवनमा पहिलो पल्ट स्टुडियो छिरेर गित रेकर्ड गर्दाको अनुभब कस्तो रह्यो सेयर गर्न मिल्छ ?
म कक्षा ९ मा पढ्थे जुन बेला धरान म्युजिक मिडिया रेकर्डिङ स्टुडियोमा अलि हडबडा कोथे ।
यहाँ भन्न मिल्छ ? तपाईको आउने दिनहरुको सांगीतिक योजनाहरु के कस्ता छन् ?
त्यही हो नेपाली गीत सङ्गीतको सूचीमा राम्रो अंक ल्याउने सोच छ, अनि आफ्नो मातृभाषामा पनि अब्बल गीत सङ्गीत दिएर मर्न पाए आत्माले सन्तुष्टि पाउथ्यो होला यहि सोचले डौडाई रहेको छ मलाई ।
तपाईको कुनै देशमा सांगीतिक यात्रा भएको छ ?
अवसर नआएको होइन आए पनि धेरै पटक गुमाए यो सवलमा, अब यहि अप्रील १५ र मे २७ मा हङकङ जादैछु अनि युरोप म्युजिकल टुर चाँही अब हजुरहरुले बोलाउनु भयो भने अबस्य आउने छु ।
नेपाली गित संगीतलाई अंगालेर जीवन चलाउन कतिको सहज छ ?
नेपाली गीत सङ्गीतलाई अङ्गालेर जिउन सकिन्छ, बेस्सरी अलिसान गाडी बंगलामा बस्न नसकेपनि ईज्यतले २ छाक खान पुग्छ िदेह मरे पनि सिर्जना कहिल्यै नमर्ने कुरा हुन् ! म त अझ स्वर्गीय हटाउनु पर्छ भन्ने पक्षको मान्छे म । किनकि कलाकार समाजको ऐना हो कहिल्यै मर्दैनन । फेरि पहिला भन्दा अहिले सङ्गीतमा राम्रो आर्थिकोपर्जन पनि हुन्छ अनि देश पनि हेर्ने मुख पनि फेर्ने समग्रमा राम्रो छ सबै भन्दा धेरै भ्रमण गर्ने नि कलाकार हुन अलि कति राज्य पक्षले हाम्रो नेपालमा पनि सिस्टम बसाइ दिए मज्जाले बाच्न सकिन्छ ।
अन्त्यमा मैले सोध्न भुलेको र तपाईलाइ भन्नु पर्छ जस्तो लागेको केहि छ ?
त्यस्तो केही छैन भन्नू पर्ने त सम्पुर्ण युकेमा बसोबास गर्न्नु हुने सबैमा मेरो साइनो अनुसारको सेवाढोग अनि जानू जि लगायत सम्पूर्ण युकेबासिमा, यो सुजन तिगेलाको नमस्कार , सेवारो ।