Friday, October 23, 2026
Home समाचार बारामा बोराभित्र पुरुषको लाश भेटियो

बारामा बोराभित्र पुरुषको लाश भेटियो

725

चैत २९,
बारा । बारा जिल्लाको गढीमाईमा एक जना पुरुषको शब जुटको बोरामा पोको पारेको अवस्थामा फेला परेको छ । आज बिहान महा गढीमाई नगरपालिका वडा नं.६ स्थित बवुआईन बाट बरियारपुर जाने कच्चि बाटोको छेउमा हाल सम्म नाम थर वतन खुल्न नआएको अंन्जाजी ५० वर्ष जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । तराई मुलको पुरुष व्यक्तिको निधारमा धारिलो हतियारले काटिएको चोट भई जुटको बोरामा फालेको अवस्थामा बेवारिसे मृतक लाश फेला परेको हुदा मृतकलाई चिन्ने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय बारामा जानकारी दिनु हुन सबैलाई प्रहरीले अनुरोध गरेको छ ।