प्रवासबाट विद्यालयलाई कम्प्युटर सहयोग

959

चैत २९,
लमजुङ । । रोजगारीका लागि कतार पुगेका प्रवासीहरुले लमजुङको एक विद्यालयमा २० थान कम्प्युटर प्रदान गरेका छन् । राइनास घर भई हाल कतारमा धमिलीकुवा कतार समूह सञ्चालन गर्दै आएका नेपालीले शैलपुत्री माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर उपलब्ध गराएका हुन् । छब्बीस जनाको समूहले दुईलाख ९० हजार रुपैयाँ रकम संकलन गरी कम्प्युटर उपलब्ध गराएको समूहका अध्यक्ष मोहन चिलवालले बताए । विदेशमा भएर पनि समाजका लागि केही गरौँ भन्ने अभिप्रायले विद्यालयलाई कम्प्युटर सहयोग गरेको चिलवालले बताए । अहिले सूचना र प्रविधिको प्रयोग बढेको छ र गाउँमा पढ्ने विद्यार्थीले कम्प्युटर सिक्नकै लागि गाउँ छाड्न नपरोस् भन्ने उद्देश्यले उक्त कार्य गरिएको उनले बताए । विद्यालयमा उपलब्ध कम्प्युटरबाट विद्यार्थी, शिक्षक एवम् अभिभावकलाई समेत अतिरिक्त समयमा आधारभूत कम्प्युटर शिक्षा प्रदान गरिने विद्यालयका प्रधानाध्यापक बुद्धराज सेढाईंले बताए ।