माघ २७,
नवलपरासी । भगवान् गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रवद्र्धनमा करिब रु एक अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ । पर्यटन प्रवद्र्धनको क्षेत्रमा चीनले गर्न लागेको लगानी नेपालका सबै स्थानीय तहमध्ये यहाँ सबैभन्दा बढी रहेको रामग्राम नगरपालिकाले जनाएको छ । भगवान् गौतमबुद्धको सातवटा स्थानमा अष्टधातु रहेकामध्ये रामग्राम स्तूप मात्र...
माघ २७,हेटौँडा । प्रदेश नं ३ को प्रदेश सभामुखमा नेकपा (एमाले)का सानुकुमार श्रेष्ठ आज निर्विरोध चयन हुनुभएको छ । निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । मनोनयनका लागि दिइएको समयभित्र उहाँको मात्र उम्मेदवारी परेको ३ नं प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । श्रेष्ठको प्रस्तावक नेकपा ९माओवादी केन्द्रका सालिकराम जमरकट्टेल र समर्थक...
-राजकुमार लामिछाने
मेरो रचनामा छन्द छैन
अक्षर , मात्रा, र्हस्व, दिर्घको
परिधिमा म रहिन
शास्त्रीय ज्ञान अनि शब्दजालको
गहिराइमा म गैन
जटिल संरचनाको जालमा
त्यति मोहित भैन
त्यसैले
म कवि हैन ।कलम बोकेर कपिका पानामा
के नै लेख्नु थ्यो र
मुर्तिबिहिन मन्दिरको छानामा
के नै देख्नु थ्यो र
कोइली रोहिरहदा बिरही भाकामा
पुट्ठो छोराको शिर रेटिएको देखेकी
ती आमाको आखामा
सृष्टि गर्ने हात मरुभूमिमा रगटिदा
उजाड भएका मेरा गाउका पाखामा
तिमी...
माघ २५,
काठमाडौँ । प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ ।
दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई आज ठमेलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।
काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा...
माघ २५,
काठमाडौं । गायक सूर्यविरही साउद र रश्मि रिजालले देउडा गीत बजारमा ल्याएका छन्। ‘टालाटुली बाटुली, नाच मेरी पुतली’ बोलको देउडा गीत बजारमा ल्याएका हुन्। सुदूरपश्चिम र मध्यपश्चिमको संस्कृतिलाई समेटेर साउद र रिजालले नयाँ गीत बिहीबार युट्युवमार्फत सार्वजनिक गरेका हुन्। नेपालका विभिन्न भेगमा बालबालिकाले आफ्ना दौँतरीहरूसंग मिलेर कपडाको पुतली बनाई खेल खेल्ने प्रचलनलाई उक्त गीतमा समावेश गरिएको गायक...
माघ २५,
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता र राष्ट्रियसभा सदस्य निर्वाचनको परिणामबारे छलफल भएको छ। बिहीबार दुई नेताबीच भएको एक्लाएक्लै भएको छलफलमा शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ। आज भएको छलफलमा राष्ट्रीयसभाको निर्वाचनको परिणाम, प्रदेशसभामा भइरहेका राजनीतिक गतिविधि र पार्टी एकताबारे छलफल भएको माओवादी अध्यक्ष प्रचण्डको...
माघ २५,
ललितपुर । ट्राफिक प्रहरीले निजी र सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक नियमका बारेमा शिक्षा दिन थालेको छ ।
महानगरीय ट्राफिक प्रहरी ललितपुरले गत सातादेखि शुरु गरेको ‘विद्यालयमा शिक्षा’ कार्यक्रम एक सातामा नौ विद्यालयमा गरिएको प्रहरी निरीक्षक सीताराम हाछेथुले बताए । उनले भने, “ललितपुरका सबै विद्यालयमा पुग्ने हाम्रो लक्ष्य रहेको छ ।” जानकारीमूलक भिडियो र बालबालिकासँगको अन्तरक्रिया गरेर उनीहरुलाई ट्राफिक...
माघ २५,
काठमाडौं । संघीय संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनै पर्ने संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रियसभाको अन्तिम मत परिणाम नआइसकेकाले निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक गरेको थिएन। राष्ट्रियसभाको नतिजा सार्वजनिक भएसँगै प्रतिनिधिसभामा महिलाको संख्या नघट्ने भएको छ। राष्ट्रियसभाको निर्वाचनबाट २१ जना महिलाहरू निर्वाचित भएर आएका छन्। राष्ट्रियसभाका ५९ सदस्यमध्ये ५६ सदस्य बुधबार सम्पन्न निर्वाचनबाट निर्वाचित भएर आएका हुन्।...
माघ २५,
काठमाडौं । राष्ट्रियसभा चुनाव सम्पन्न भएसँगै निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ। संघीय संसदमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने भएकाले आयोगले चुनाव सम्पन्न भएको दुई महिना बितिसक्दा पनि नतिजा घोषणा गरेको छैन। राष्ट्रियसभा चुनाव सम्पन्न भई बुधबार नै नतिजा आइसकेकाले बिहीबार प्रतिनिधिसभा चुनावमा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्या आयोगले...
माघ २५,
काठमाडौं । एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा नपर्खने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता नेम्वाङले संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिइरहनु नपर्ने बताएका हुन्। राष्ट्रियसभा निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिने चर्चा भइरहेका बेला नेता नेम्वाङको यस्तो भनाइ आएको हो।...










