प्रतिनिधिसभाको समानुपातिक नतिजा आज सार्वजनिक हुने

115

माघ २५,
काठमाडौं । राष्ट्रियसभा चुनाव सम्पन्न भएसँगै निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ। संघीय संसदमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने भएकाले आयोगले चुनाव सम्पन्न भएको दुई महिना बितिसक्दा पनि नतिजा घोषणा गरेको छैन। राष्ट्रियसभा चुनाव सम्पन्न भई बुधबार नै नतिजा आइसकेकाले बिहीबार प्रतिनिधिसभा चुनावमा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्या आयोगले सार्वजनिक गर्न लागेको हो। नतिजा सार्वजनिक गरेलगत्तै बिहीबार नै दलहरुले प्राप्त गरेको सिट संख्या तोकेर बन्द सूचीमा रहेका उम्मेदवारमध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्न पत्राचार गरिने आयोगका प्रवक्ता नवराज ढकालले बताए। ढकालका अनुसार बन्दसूचीको क्रमसंख्या नमिची ुक्लस्टरु मिलाएर नाम सिफरिस गर्न दलहरुलाई तीन दिनको समय दिइनेछ। दलहरुले गरेको सिफारिस अनुसार समावेशी समूह र क्रमसंख्या मिले नमिलेको जाँच गरी नमिलेके भए मात्रै दलहरुलाई सच्याउन पुनः दुई दिनको समय दिइनेछ। त्यसपछि लगत्तै निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेश गरिने आयोगका प्रवक्ता ढकालले बताए। आयोगले औपचारिक घोषणा नगरे पनि उनीहरुले प्राप्त गरेको मतको आधारमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम र राजपाले ६र६ सिट प्राप्त गरेका छन्।