Saturday, May 9, 2026
Home Blog Page 2133
माघ २९, चितवन । पूर्वी चितवनको खैरहनीस्थित ज्यामिरेमा एम्बुलेन्सको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब १ बजेको समयमा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका भारत बिहारका अन्दाजी ५० वर्षीय विद्यानन्द झाको उपचारका क्रममा मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरेमा पूर्वबाट आउँदै गरेको ना२च ४१२६ नंको...
माघ २९, भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल भक्तपुर जिल्ला समितिको साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्याब्सनमा आवद्ध विद्यालयमा लगातार २० वर्षसम्म काम गरेका शिक्षक तथा कर्मचारीलाई प्याब्सन दीर्घ सेवा सम्मान पत्रले सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा नौलोज्योतिका रमेश चापागाइँ, लक्ष्मीशोभा श्रेष्ठ, विनायक शिक्षाका शिवहरि प्रजापति, चित्रलक्ष्मी श्रेष्ठ, जनचेतना आवासीय माविका शान्ता बडाल,...
माघ २८, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । आयोग पदाधिकारीले आइतबार बिहान राष्ट्रपति कार्यलय शीतलनिवास पुगेर नतिजा बुझाएको आयोग प्रवक्ता नवराज ढकालले बताए । गत माघ २४ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सात प्रदेशबाट ५६ सदस्य निर्वाचित भएका थिए । जसमा सवैभन्दा बढि एमालेले २७ सिट जितेको थियो भने...
माघ २८, काठमाडौं । नेपाली चलचित्र क्षेत्रका विविध विधामा पहिचान बनाएका २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालिम लिन जाने भएकाछन्। २९ माघदेखि १९ फागुन सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया एफटिआइआईले उपलब्ध गराउने तालिम लिन कलाकार आइतबार भारत जान थालेका हुन्। तालिममा रासा सिद्धान्त, बोध सम्झाना, प्रस्तुति, दृश्यात्मक कार्य तथा ओठ तुल्यकालनजस्ता विषयमा जानकारी उपलब्ध...
माघ २८, मोरङ । दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत हुनुभएको छ । एक माउ भैँसीबाट पशुपाल शुरु गर्नु भएका चोङवाङले मासिक रु एक लाख ६० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आउनुभएको छ ।...
माघ २८, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफू हिँडिरहेको बाटोले देशलाई हित नहुने देखेमा अर्को कदम चाल्न आफू तयार रहेको बताएका छन्। महाबौद्ध गुम्बा, तीनखोलेको उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले देशलाई अप्ठ्यारो पर्न लाग्यो भने कुनै उपाय निकालेर अगाडि बढ्ने बताए। राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै प्रचण्डले देश संकटमा परेको बेला विगतमा र अहिले...
माघ २८, बागलुङ । स्थानीय तहमा नपुगी जिल्लामै बसेर काम गरेका आधारमा कर्मचारीले तलब नपाउने भएका छन् । स्थानीय तह गठन भएको महिनौँ बित्दा पनि कर्मचारी कार्यक्षेत्रमा नगएपछि यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । समिति, दश वटै स्थानीय तह र विषयगत कार्यालयका प्रमुख बीचको बैठकले कर्मचारी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको हो । कर्मचारीको हाजिरी स्थानीय...
माघ २८, मोरङ । मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको...
काठमाडौं । फिल्म पटुकी सिनेमाघरमा प्रर्दशनमा आएको केही समयपछि नै युटुवमा सार्वजानिक गरिएको छ । पटुकी यहि पौष २१ गते देखि देशैभर प्रदर्शनमा आएको थियो । पटुकी मा नायिका रजनी केसी नव नायक जेम्स बिसी लगायत कलाकार दिपक कँडेल, रोजी श्रेष्ठ र हरि गुरुङको प्रमुख अभिनय रहेको छ ।https://www.youtube.com/watch?v=ayRxDUm-kvM
कपिलवस्तु । यहाँको वाणगंगा–१ जीतपुरका अर्जुनप्रसाद पोख्रेलले व्यावसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ। गाउँघरमा मास्टरको परिचय बनाउनुभएका पोख्रेलले अब भने व्यावसायिक मौरीपालक किसानका रुपमा परिचय बनाउन थाल्नुभएको हो । उमेरले ४५ वर्ष काटेका उहाँले डेढ दशकदेखि व्यावसायिक मौरीपालन पेशा अँगाल्दै आउनुभएको छ । बीस घार मौरीबाट व्यवसाय शुरु गर्नुभएका उहाँले अहिले बढाएर १०० घार पु¥याउनुभएको छ ।...