Saturday, May 9, 2026
Home Blog Page 2135
माघ२५, विराटनगर । प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज यहाँ प्रमाणपत्र वितरण गरियो । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा सातजना नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादा ओढाइ स्वागत गर्नुभएको थियो । सो अवसरमा निर्वाचित सांसदहरु नैनकला ओझा मोरङ, खेमराज नेपाली मोरङ, हरिचरण शिवाकोटी झापा, परशुराम मेघी...
माघ २४, भक्तपुर । भक्तपुरमा बलात्कारको घटनामा वृद्धि भएको छ । केहीदिन यता तीन तीनवटा जबरजस्ती करणीका घटना भएको प्रहरीले जनाकारी दिएको छ । प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका ८ स्थित श्री इँटाभट्टामा भएको जबरजस्तीकरणीको घटनामा ४५ वर्षीया महिला पीडित भएको हुन् । गत शनिबार राति सुर्खेत गुर्बाकोट नपा–९, भुल्के घर भई हाल चाँगुनारायण नगरपालिका ८ श्री इँटाभट्टामा काम गर्ने वर्ष...
माघ २४, काठमाडौं । काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले आफ्नो कामलाई दु्रतगतिको साथ अगाडी बढाइरहेको छ । द्रुतमार्ग निर्माण गर्न कसलाई दिने भन्ने विषयमा प्रमुख राजनीतिक दलबीच निकै ठूलो विवाद र बहसपछि सरकारले सेनालाई दिएको हो । उक्त राजमार्गको निर्माण लागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ । ललितपुरको खोकनाबाट शुुरु भई बाराको निजगढमा पुगेर पूर्वपश्चिम...
माघ २४, धनगढी । ७ नं प्रदेशमा राष्ट्रियसभाका सदस्यका लागि भएको निर्वाचनमा नेकपा (एमाले)का चक्रप्रशाद स्नेही र नेकपा (माओवादी केन्द्र) का महेशकुमार महरा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत जयानन्द पनेरुले दलित समूहका तर्फबाट विजयी एमालेका स्नेहीले स्थानीयतर्फ १२२ र प्रदेशसभातर्फ ३९ मत प्राप्त गरी विजयी हुनु भएको जानकारी दिए । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शेरीराम पार्कीले स्थानीय...
माघ २३, काठमाडौं । राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले मंगलबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गर्दै राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको बताएका हुन्। २४ गते बिहान १० बजे मतदान सुरु भएर दिउँसो ३ बजे मतदानको कार्यक्रम सकिने आयुक्त डा. यादवले बताए। प्रत्येक प्रदेशबाट ८र८ जना नियुक्त हुने राष्ट्रियसभाको प्रवधानअनुसार...
माघ २३, सुर्खेत । ¬पहिलो पटक सुर्खेत झर्नुभएका मुगुबाट निर्वाचित नेपाली काँग्रेसका सांसद झोवा विकले अहिलेसम्म पनि डेरा पाउनुभएकोे छैन । यहाँ आइपुग्दा स्थान र सांसद दुवैको नौलो अनुभूति लागेको उहाँलाई यहाँको भूगोल र सामाजिक वातावरण नयाँ संसारजस्तो लागिरहेको छ । गाउँले परिवेशबाट संसद् भवनमा छिर्दा गर्वको अनुभूति भएको प्रतिक्रिया सांसद विकले दिनुभयो “सांसदमा निर्वाचित भएपछि मात्र म माघ ६...
नयाँ नेपाल न्युज माघ २२, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारित हुने मेरी बास्सैका धुर्त कलाकार कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटमा नमूना बस्ती निमार्ण कार्य सकिएको छ । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती भोली एक कार्यक्रमका बिच हस्तान्तरण गरिने भएको छ। उनीहरुको पहलमा रौतहटको चन्द्रपुर नगरपालिका ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प...
माघ २२, भक्तपुर । भक्तपुरमा बलात्कारका घटनामा संलग्न रहेको आरोपमा आज प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चार वर्षीया एक बालिका र अर्की ३४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित श्री इँटा भट्टामा काम गर्ने ४५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सुर्खेत घर भई हाल...
माघ २२, भक्तपुर । नेकपा एमालेका युवा नेता तथा सांसद महेश बस्नेतले भक्तपुरलाई सुन्दर, शान्त र विकशित बनाउन विभिन्न योजना बनाई रहेका छन् । भक्तपुरमा जापानले बनाइदिएको फरक सडक मात्र होइन, पर्यटक पर्वद्धन, जनताको जिवन स्तर उकास्ने, विकाशका कार्य गर्ने बस्नेतको योजनाले पूर्णता पाए भक्तपुर आगामी पाचँ वर्षमा नेपालको सबैभन्दा सुन्दर जिल्ला हुनेछ । तर यसको लागि सांसद बस्नेतको चाहाना...
माघ २२, म्याग्दी । सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई रु दुई लाख ११ हजार आर्थिक सहयोग गरेको छ । आइतबार बेनी शाखाको उद्घाटनका अवसरमा बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेल, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीलाई रु दुई लाख...