संघीय संसदमा महिला कति ?

331

माघ २५,
काठमाडौं । संघीय संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनै पर्ने संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रियसभाको अन्तिम मत परिणाम नआइसकेकाले निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक गरेको थिएन। राष्ट्रियसभाको नतिजा सार्वजनिक भएसँगै प्रतिनिधिसभामा महिलाको संख्या नघट्ने भएको छ। राष्ट्रियसभाको निर्वाचनबाट २१ जना महिलाहरू निर्वाचित भएर आएका छन्। राष्ट्रियसभाका ५९ सदस्यमध्ये ५६ सदस्य बुधबार सम्पन्न निर्वाचनबाट निर्वाचित भएर आएका हुन्। ३ जना सदस्य भने मनोनीत भएर आउनेछन्। संविधानको धारा ८६ को उपधारा २ को खु बमोजिम राष्ट्रियसभामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले १ महिलासहित ३ जना मनोनीत गर्ने व्यवस्था छ। यसअनुसार राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या २२ जना हुन आउँछ। यो कुल राष्ट्रियसभा सदस्य संख्याको ३७ प्रतिशत हो। राष्ट्रियसभाको निर्वाचनमा २७ सिट नेकपा एमाले, १३ सिट नेपाली कांग्रेस, १२ सिट नेकपा माओवादी केन्द्र, २ सिट संघीय समाजवादी फोरम र २ सिट राजपाले जितेका छन्। प्रतिनिधिसभा निर्वाचनको मतका आधारमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र फोरमरराजपाले ६र६ सिट पाउनेछन्। प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन्। यसरी हेर्दा समग्रमा संघीय संसद ९प्रतिनिधिसभारराष्ट्रियसभा०मा एमालेका १४८, कांग्रेसका ७६, माओवादीका ६५, राजपाका १९ र फोरमका १८ सांसद हुनेछन्। कुन दलबाट कति रु निर्वाचन आयोगले प्रतिनिधिसभामा दलहरूले प्राप्त गरेको समानुपातिकतर्फको मत परिणाम यसअघि नै सार्वजनिक गरिसकेको छ। यस आधारमा समानुपातिक निर्वाचन प्रणालीबाट एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र फोरमरराजपाले ६र६ सिट पाउनेछन्। संविधानले संघीय संसदको कुल सांसदमध्ये ३३ प्रतिशत महिला हुनै पर्ने अनिवार्य व्यवस्था गरेको छ। प्रतिनिधिसभाको प्रत्यक्ष तथा राष्ट्रियसभाको निर्वाचनबाट पनि यो संख्या पूर्ति भएन भने प्रतिनिधिसभाको समानुपातिक प्रणालीबाट पूर्ति गर्नुपर्ने व्यवस्था छ। यसअनुसार अब एमालेले कुल जितेको १४८ सिटमध्ये ३३ प्रतिशत महिला पठाउँदा ४९ सिटमा महिलाले प्रतिनिधित्व गरेका छन्। प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित २ महिला र राष्ट्रियसभामा निर्वाचित ११ महिला गरी १३ महिला निर्वाचित भइसकेका छन्। अब प्रतिनिधिसभाको समानुपातिकबाट एमालेका न्यूनतम ३६ जना महिलाले प्रतिनिधित्व गर्नेछन्। ३६ जना महिला आउँदा कम्तिमा ५ जना पुरुष मात्र सांसद हुने अवसर पाउनेछन्। माओवादीले जितेको कुल ६५ सिटको ३३ प्रतिशत २१ २१।४५ हुन्छ, जसअनुसार प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित ३ र राष्ट्रियसभामा निर्वाचित ३ गरी संघीय संसदमा माओवादीका विजयी महिला संख्या ६ पुग्छ। प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ माओवादीले पाएको १७ सिटमध्ये ३३ प्रतिशत महिला पुर्‍याउँदा १५ जना महिला समानुपातिकतर्फबाट प्रतिनिधिसभाको सांसद हुनेछन्। बाँकी २ सिट भने पुरुषले प्रतिनिधित्व गर्नेछन्। कांग्रेसले संघीय संसदमा ७६ सिट जितेको छ। संवैधानिक व्यवस्थाअनुसार यसको ३३ प्रतिशत अर्थात २५ ९२५।०८० जना महिला कांग्रेसबाट सांसद हुनेछन्। प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसबाट एक जना महिला पनि प्रत्यक्ष निर्वाचित हुन सकेनन्। राष्ट्रियसभाको निर्वाचनमा भने ६ जना महिला निर्वाचित भएका छन्। कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकतर्फ पाएको मतअनुसार ४० सिट पाउँदा ३३ प्रतिशत महिला पुर्‍याउन अब १९ जना महिला प्रतिनिधिसभाको समानुपातिकबाट सांसद हुनेछन्। त्यसो हुँदा कांग्रेसका २१ जना पुरुष प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बन्नेछन्। संघीय संसदमा ३३ प्रतिशत महिला पुर्‍याउन राजपाले आफूले प्राप्त गरेको ६ सिटमा नै महिला पठाउनुपर्नेछ। फोरमले भने ६ सिटमध्ये १ सिटमा पुरुष पठाउन पाउनेछ।