ओली प्रचण्ड गोप्य भेटवार्ता

97

माघ २५,
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता र राष्ट्रियसभा सदस्य निर्वाचनको परिणामबारे छलफल भएको छ। बिहीबार दुई नेताबीच भएको एक्लाएक्लै भएको छलफलमा शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ। आज भएको छलफलमा राष्ट्रीयसभाको निर्वाचनको परिणाम, प्रदेशसभामा भइरहेका राजनीतिक गतिविधि र पार्टी एकताबारे छलफल भएको माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ। वार्ता कहाँ भएको थियो भन्नेबारे भने बताइएको छैन। पार्टी एकता सम्बन्धमा प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने बिषयमा दुई नेताबीच कुराकानी भएको बताइएको छ। एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्ने बताइएको छ। थाहा संवाददाता सम्बन्धित समाचार प्रदेश १ मा संसदीय दलको नेता छान्‍न एमालेले थाल्यो निर्वाचन तयारी अर्जुन आचार्य विराटनगर नेकपा एमालेले प्रदेश १ मा संसदीय दलको नेता चयन गर्न २६ माघलाई निर्वाचन गर्ने मिति तोकेको छ।