सूर्यविरही र रश्मिको ‘टालाटुली बाटुली’ सार्वजनिक

265

माघ २५,
काठमाडौं । गायक सूर्यविरही साउद र रश्मि रिजालले देउडा गीत बजारमा ल्याएका छन्। ‘टालाटुली बाटुली, नाच मेरी पुतली’ बोलको देउडा गीत बजारमा ल्याएका हुन्। सुदूरपश्चिम र मध्यपश्चिमको संस्कृतिलाई समेटेर साउद र रिजालले नयाँ गीत बिहीबार युट्युवमार्फत सार्वजनिक गरेका हुन्। नेपालका विभिन्न भेगमा बालबालिकाले आफ्ना दौँतरीहरूसंग मिलेर कपडाको पुतली बनाई खेल खेल्ने प्रचलनलाई उक्त गीतमा समावेश गरिएको गायक साउदले बताए। विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा काठमाडौंको त्रिभुवन पार्क र भद्रकालीमा छायांकन गरिएको छ। उक्त म्युजिक भिडियोलाई बसिबियाँलो म्युजिक प्रालिले बजारमा ल्याएको हो। उक्त गीतको भिडियोमा शेर साउद, करिश्मा ढकाल र करन साउदलगायतले अभिनय गरेका छन्।