Saturday, May 9, 2026
Home Blog Page 2132
फागुन १, काठमाडौं । फागुन ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कान्छी’ले आफ्नो लगानी सुरक्षित गरेको छ। रिलिज हुनुअघि नै फिल्म आफ्नो लगानी सुरक्षित गर्न सफल भएको हो। फिल्म रिलिज हुन एक साता बाँकी नै छ। प्रोडक्सन तथा पब्लिसिटी खर्च गरेर जम्मा २ करोड रुपैयाँ लागत रहेको दाबी गरिएको कान्छीले २ करोड २ लाख रुपैयाँ जम्मा गरिसकेको छ। ब्राण्ड पार्टनर र...
फागुन १, काठमाडौं । बेलायतका रक्षामन्त्री मार्क ल्यान्क्यास्टरले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन्। प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको भेटमा रक्षामन्त्री मार्कलेले अध्यक्ष प्रचण्डसँग निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायतका विषयमा जिज्ञासा राखेका थिए। रक्षामन्त्री मार्कले नेपालको संविधानले राज्यसंयन्त्रमा महिलाहरुको प्रतिनिधित्वको व्यवस्था गरेपनि त्यसको कार्यान्वयनको पक्षबारे समेत अध्यक्षसँग छलफल गरे...
फागुन १, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग आग्रह गरेका छन्। नेपाल भ्रमणमा आएका रक्षा राज्यमन्त्री ल्यानकाष्टरसँग मंगलबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेटमा अध्यक्ष ओलीले सो आग्रह गरेका हुन्। जवाफमा ल्यानकाष्टरले हालैको निर्वाचनबाट नेपालमा वाम गठबन्धनले विजय हासिल गरेकामा बधाई दिँदै आफूहरु...
फागुन १, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा बाघको आक्रमणमा परि एक बालकको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ७ सुब्बापाखा तामाङ टोलका सुनिल तामाङको छोरा ६ बर्षका शिरीष तामाङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी भक्तपुरको प्रस्तावित राष्ट्रिय प्राणी उद्यानको क्षेत्रमा पर्ने बालकुमारी बनको बाटोबाट पसल गएर घर फकिएरको अवस्थामा बाघले आक्रमण गरेको अनुमान...
माघ २९, काठमाडौं । नेपाल चलचित्र कलाकार संघले दोस्रो पटक आयोजना गर्न लागेको ‘फान अवार्ड २०७३’ को घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच संघका अध्यक्ष रामकेशर बोगटीले दोस्रो ‘फान अवार्ड’ चैत १६ गते हुने जानकारी दिए । २४ विधामा वितरण गर्न लागिएको अवार्डलाई ‘कि एडभरटाईजिङ’ एजेन्सीले व्यवसायिक सहकार्य गरेको छ । आर्मी अफिसर्स क्लबमा हुने अवार्डलाई...
माघ २९, काठमाडौं । संघीय संसदको दोस्रो ठूलो दल बन्न लागेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पाएका ४० सिटमध्ये आधाभन्दा बढी अर्थात २२ जना यसअघि पटकपटक सांसद र समानुपातिकबाट सभासद भइसकेकाहरुलाई दोहोर्‍याएको छ । पार्टी केन्द्रीय कार्यसमितिले तय गरेको मापदण्ड विपरीत अधिकांश पुरानै अनुहार दोहोर्‍याएको भन्दै असन्तुष्टिसमेत पोखिन थालेको छ । कांग्रेसले पटक पटक सांसद र मन्त्री भइसकेका र आरक्षणका नाममा पटक पटक...
माघ २९, हेटौँडा । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज यहाँ आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दागी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गर्नुभएको थियो । नेकपा ९एमाले० का तर्फबाट मकवानपुर–१९ख०बाट निर्वा्चित हुनुभएका उहाँ...
नयाँ नेपाल न्यजु माघ २९, भक्तपुर । हिन्दुहरुको पवित्र तिर्थ मध्येको केदारनाथकोशिर डोलेश्वर महादेव मन्दिरमा भोली १ गते मंगलबार मनाइने महाशिवरात्री पर्वको लागि भारत तथा नेपालको विभिन्न स्थानबाट साधुसन्तहरुको आगमन भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकाश समितिले केही सामाजिक संस्थाहरुको सहयोगमा साधुसन्तहरुलाई खानापान, बसोबास र अन्य व्यवस्था गरेको प्रचार प्रचार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिएका छन् ।...
माघ २९, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता) पूर्व रजहरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेलको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । गत माघ २२ गते मध्यरात १२ बजेपछि आफ्नै घरबाट बेपत्ता भएका खरेलको एक साता बितिसक्दा पनि कुनै पत्ता नलागेपछि खरेल एकाएक बेपता हुनुलाई निकै आचर्यका रुपमा लिइएको छ । बेपत्ता भएका खरेलको कसैसँग रिस राग समेत नभएको पारिवारिक स्रोतले...
माघ २९, झापा । झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आइतबार साँझ दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा मे१त ४०४९ नंको ट्र्याक्टरले मे२प १८८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँ निवासी १७ वर्षीय बुद्धिराज लिम्बूको मृत्यु भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको...