भक्तपुरको डोलेश्वर महादेवमा साधु सन्तको भिड् (फोटो फिचर)

243

नयाँ नेपाल न्यजु
माघ २९,
भक्तपुर । हिन्दुहरुको पवित्र तिर्थ मध्येको केदारनाथकोशिर डोलेश्वर महादेव मन्दिरमा भोली १ गते मंगलबार मनाइने महाशिवरात्री पर्वको लागि भारत तथा नेपालको विभिन्न स्थानबाट साधुसन्तहरुको आगमन भएको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकाश समितिले केही सामाजिक संस्थाहरुको सहयोगमा साधुसन्तहरुलाई खानापान, बसोबास र अन्य व्यवस्था गरेको प्रचार प्रचार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिएका छन् । हाल सम्म करिब ३ जना साधुसन्तहरु आइसकेका र शिबरात्रीको दिन भोलीसम्ममा ५ सय जनाजती बाबाहरु आउन सक्ने विकाश समितिले जानकारी दिएको छ । साधुसन्तहरुलाई विधाई गर्ने बेलामा साधुहरुको तह क, ख र ग अनुसार क्रमश १ हजार १ सय ११, ७ सय ७७ र ५ सय ५५ तथा एक थान कम्बल र धोती प्रदान गरीने बल्लले बताए । महाशिवरात्रीको दिन १ हजार १ सयको रसिद काटी पञ्चस्नान गर्न पाउने व्यवस्था समेत गरीएको छ । विगतका वर्षमा जस्तै यो वर्ष पनि २०/२५ हजार दर्शनार्थी मन्दिरमा दर्शनको लागि शिवरात्रीको दिन आउन सक्ने अनुमान गरीएको छ । भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं. ८ स्थित डोलेश्वर महादेवलाई भारत उत्तराञ्चलका गुरु भीमाशंकरले वि.स २०६६ भाद्र ५ गते भारतमा भएको केदारनाथ मन्दिरको शिर भएको पुष्टि गरेपछि यसको महत्व भारत र नेपालमा चुलिएको छ ।