रिलिजअघि नै नाफामा श्वेताको कान्छी

163

फागुन १,
काठमाडौं । फागुन ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कान्छी’ले आफ्नो लगानी सुरक्षित गरेको छ। रिलिज हुनुअघि नै फिल्म आफ्नो लगानी सुरक्षित गर्न सफल भएको हो। फिल्म रिलिज हुन एक साता बाँकी नै छ। प्रोडक्सन तथा पब्लिसिटी खर्च गरेर जम्मा २ करोड रुपैयाँ लागत रहेको दाबी गरिएको कान्छीले २ करोड २ लाख रुपैयाँ जम्मा गरिसकेको छ। ब्राण्ड पार्टनर र डिजिटल राइट्स बेचेर नै फिल्मले आफ्नो लागानी उठाएको हो। फिल्मले ब्राण्ड पार्टनरहरूबाट ८० लाख रुपैयाँ लिएको छ भने डिजिटल र ओभरसिज राइट्सबाट १ करोड २२ लाख रुपैयाँ हातपारेको छ। श्वेता खड्काले निर्माण गरेको कान्छीलाई आकाश अधिकारीले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ राई, श्वेता खड्का, प्रज्वल सुजल गिरी, कामेश्वर चौरसिया, शान्त शर्मा, अनु शाह, भूमिका श्रेष्ठ, विशाल भण्डारी, नीर शाहलगायतको मुख्य भूमिका रहेको छ। लामो समयपछि पर्दामा फर्किएकी श्वेता यस फिल्मबाट दर्शकको माया पाउनेमा ढुक्क छिन्। काया फिल्मस् र बुम रेमिटुको व्यानरमा निर्माण भएको कान्छीुमा श्वेता खड्का र शैलेश खड्काको लगानी छ। यस फिल्ममा रविन खड्का सहनिर्माता रहेका छन्। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई भूपेन्द्र अधिकारी र बनीष शाहले सम्पादन गरेका छन्। थाहा संवाददाता सम्बन्धित समाचार ट्याम्के छोरो अर्थात् महासेनानी कैलाश गुरुङ, जसले लेखे ‘जो मर्न कहिल्यै डराउँदैन।।।’