मुख्यमन्त्री डोरमणि पौडेलद्वारा सपथ

233

माघ २९,
हेटौँडा । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज यहाँ आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दागी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गर्नुभएको थियो । नेकपा ९एमाले० का तर्फबाट मकवानपुर–१९ख०बाट निर्वा्चित हुनुभएका उहाँ प्रदेश नं ३ को संसदीय दलका नेता हुनुहुन्छ । शपथग्रहण समारोहमा ३ नं प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ उपसभामुख राधिका तामाङ नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता सालिकराम जमरकट्टेल र प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदेश नं ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सहभागिता थियो । रासस