Home Blog Page 2128
एजेन्सी । अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्त ठूली भइसके पनि फिल्ममा आउने सुरसार गरेकी छैनन् । यद्यपी उनी सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । त्रिशाला प्राय इन्स्टाग्राममा आफ्नो ‘हट’ तस्वीरहरु सेयर गरिरहन्छिन् । पछिल्लो समय उनका हट तस्वीरहरुल भारतीय मिडियामा राम्रै स्थान पाइरहेका छन् । तर, यसलाई लिएर त्रिशालाका बाबु सञ्जय दत्त भने असन्तुष्ट बनेको बुझिएको छ । हालै...
फागुन १३, वीरगञ्ज । शिक्षकको तलब नदिएको लगायतका विषयलाई लिएर पर्साको विन्दवासिनी गाउँपालिका कार्यालयमा तालाबन्दी भएको छ । तलब नपाएको विरोधमा शिक्षकहरु विद्यालय बन्द गरेर गाउँपालिका कार्यालयमा प्रदर्शनमा उत्रिएका छन् । आइतबार स्थानीय वासिन्दा, शिक्षक र अन्य सरोकारवालाले कार्यालय अगाडि धर्ना र प्रर्दशन गर्नुको साथै अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । उनीहरुले गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुविरुद्ध नाराबाजीसमेत गरेका छन् । गाउँपालिकाले ४...
फागुन १३, काठमाडौं । नेपाल आइडलका टप थ्रीलाई प्रत्यक्ष भेट्ने मौका यसपाली जापानवासी नेपालीले चुकाउने भएका छन् । नेपाल आइडलका विजेता बुद्ध लामा, फर्स्ट रनअरअप निशान भट्टरार्इी , सेकेण्ड रनअरअप प्रताप दासको सहभागितामा हुने भनिएको ‘हिमालय ल्होसार नाइट’ कार्यक्रय रद्द भएपछि उनीहरुलाई भेट्ने अवसर उनका फ्यानहरुले गुमाएका छन् । भिसा उनीहरूका लागि बाधक बनेको हो । विश्व टुरमा निस्किएका नेपाल आइडलका...
फागुन १३, काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेका बेला भातृ संगठन नेविसंघले कार्यालय बाहिर प्रदर्शन गरिरहेका छन् । कांग्रेसभित्रको तीव्र गुटबन्दी अन्त्य गर्न माग गर्दै नेपाल विद्यार्थी संघ आबद्ध नेता, कार्यकर्ताले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । उता पार्टी बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामाथि गम्भीर प्रश्न उठाएका छन् ।...
काठमाडौं । सामाजिक विकृति र हाँस्य व्यङ्गयलाई प्राथमिकता दिएर तयार पारिएको नयाँ हाँस्य टेलिश्रृङला नहाँसेर भो जनता टेलिभिजनबाट प्रसारण भइरहेको छ । गत पुस ६ गतेदेखि नियमित रुमपा हरेक विहीबार बेलुका ८ः४५ बजेदेखि प्रसारण भइरहको छ । यस हाँस्य टेलिश्रृङलामा आइन्द्र लिम्बू र समीर सुबेदीको लेखन तथा निर्देशन रहेको छ । साथै सो हाँस्य टेलीसश्रृङखला युटुब च्यानल समेत हेर्न सकिन्छ ।...
फागुन १२, भक्तपुर । वागमति नदिको सहायक नदिको रुपमा रहेको भक्तपुरको हनुमन्ते खोलाको सरसफाई अभियान सुरु हुने भएको छ । मध्यपुरथिमिको चाणक्य कलेजमा आज भएको प्रतिनिधीसभा सदस्य, स्थानीय तहका पदाधिकारी, सरोकारवाला निकाय र बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बृहत भेलाले आगामी शनिवार अर्थात फागुन १९ गतेदेखि हरेक शनिवार नियमित रुपमा हनुमन्ते खोला सरसफाई गर्ने निर्णय गरेको हो । प्रतिनिधीसभा सदस्य एवं...
फागुन १२, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको सिफारिसमा समानुपातिक सांसद बनेकी अमृता अग्रहरी विवादमा तानिएकी छन् । आदिवासी जनजाति उत्थान प्रतिष्ठानले ‘अग्रहरी’ आदिवासी जनजाति कलष्टरका नभएको जानकारी दिएसँगै उनी विवादमा तानिएकी हुन् । राजपा नेपालका एक नेताले प्रतिष्ठानमा आग्रहरीको बारेमा उजुरी दिएपछि प्रतिष्ठानले यस्तो जानकारी दिएको थियो । जानकारीमा भनिएको छ– आदिवासी जनजाति उत्थान...
फागुन १२, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले भने,‘संविधान संशोधन भयो भनेमात्रै हामी सरकारमा जानेबारे सोच्न सक्छौं, अहिले हामीले सरकारमा सहभागी हुनेबारे केही पनि सोचेको छैन ।’ हिजोको दिनमा संविधान संशोधन भैरहँदा संशोधन गर्नै हुँदैन भनेर क्रान्तिकारी भाषण गर्ने र दुई...
फागुन १२, काठमाडौं । जंगली हात्तीको आक्रमणबाट झापाको बिर्तामोडमा २ जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–७ मियावस्तीका ७० वर्षीय लसुने मिया र वडा नम्बर ३ विर्ताबजार का ६५ वर्षीय च्याङ्ग्रा राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार शनिबार बिहान बिर्तामोड–७ को सुन्दर निचाझोडा सामुदायिक वनमा घाँस दाउरा गर्न...
भक्तपुर । विश्वमा परिचित पर्यटकिय गन्तव्य नगरकोटमा पुग्दा जो कोहीको पनि मन आनन्दित हुन्छ । नगरकोट टावरबाट केही मिनेटको दुरीमा रहेको अर्को मानव निर्मित बोजिनी ड्याम यस क्षेत्रको महत्वलाई झनै बढाइदिएको छ । त्यहिँ ड्याम नजिकै रहेको बोजिनी नगरकोट रिसोर्ट केही समय अगाडीदेखि संञ्चालनमा आएको छ । भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा न ८ रहेको उक्त रिसोर्टबाट सुर्यअस्तको रमणीय...