शहर देखिने एउटा टाकुरोः बोजिनी नगरकोट रिसोर्ट

1142
वोजिनी नगरकोट रिसोर्ट

भक्तपुर । विश्वमा परिचित पर्यटकिय गन्तव्य नगरकोटमा पुग्दा जो कोहीको पनि मन आनन्दित हुन्छ । नगरकोट टावरबाट केही मिनेटको दुरीमा रहेको अर्को मानव निर्मित बोजिनी ड्याम यस क्षेत्रको महत्वलाई झनै बढाइदिएको छ । त्यहिँ ड्याम नजिकै रहेको बोजिनी नगरकोट रिसोर्ट केही समय अगाडीदेखि संञ्चालनमा आएको छ । भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा न ८ रहेको उक्त रिसोर्टबाट सुर्यअस्तको रमणीय दृश्यसंगै काठमाडौं उपत्यकाको अवलोकन गर्न सकिन्छ ।
रिर्सोटका संचालक दामोदर दंगालको अनुसार आन्तरीक तथा बाह्य पर्यटकलाई उचित मुल्यमा गुणस्तरीय सेवा दिने उद्देश्उले रिसोर्ट संचालक भएको हो । पूर्ण रुपमा पारिवारीक वातारण रहेको यस रिर्सोटबाट भक्तपुर, काठमार्डौ, ललितपुर, काभ्रे जिल्लाका विभिन्न स्थानहरुको अवलोकन समेत गर्न सकिन्छ ।
हाल १८ ओटा कोठा रहेको रिर्सोटको सधै कोठाबाट मनोरम दृश्य देख्न सकिने छ । प्रत्येक कोठामा एयरकन्डिसन जडान गरीएको छ । पाहुनाहरुलाई स्थानीय स्तरमा उब्जाउ भएका कृषी उत्पादन सहित सेवा दिने तयारी रहेको व्यवस्थापक रविन्द्र अधिकारीले जानकारी दिएका छन् । रिर्सोटमा सभा हल, बार, आरामदायी कोठा लगायतको स्तरीय सेवा रहेको छ । धार्मिक हिसाबले विभिन्न धार्मिक ग्रन्थमा यसलाई रत्नागिरी पर्वत भनि उल्लेख गरिएको छ । अर्को यहाँ हरियालीमैत्री वातावरण छ । सडक भन्दा माथि जंगलको छेउमा पानीको सुविधा भएको शान्त वातावरणमा छ । त्यस्तै यहाँ रहेका महामन्जुश्री लगायतका अन्य मन्दिर, त्यस्तै काठमाडौंको कोलाहल बातावरणबाट मुक्ति पाउन नजिकको गन्तव्यको रुपमा वोजिनी रिसोर्ट हुन सक्छ । काठमाडौंको बागबजारबाट जम्मा २५ किलोमिटरको दूरीमा रिसोर्ट रहेको छ । पूर्ण पारिवारिक वातावरण भएको रिसोर्टमा ५० जना पाहुनालाई बास बस्न सक्ने क्षमता रहेको छ भने ५ सय जना सम्म क्षमता भएको हल छ । यसका अतिरिक्त पिक्निक गर्न चाहनेहरुलाई समेत रिसोर्टले सेवा दिने गरेको छ । उक्त रिर्सोटमा पुग्न भक्तपुरको कमलविनायक भत्केको पाटीबाट वैकल्पीक नगरकोट सडक हुदैँ वा नगरकोटबाट टावर हुदैँ पनि आउन सकिन्छ । तपाईको नगरकोट बसाईलाई सुन्दर बनाउन ०१–५१४५२३८ वा ५१४५२३९मा फोन गर्न सक्नुहुनेछ ।