Sunday, September 27, 2026
Home राजनीति संविधान संशोधन नभएसम्म राजपा सरकारमा जाँदैन

संविधान संशोधन नभएसम्म राजपा सरकारमा जाँदैन

161

फागुन १२,
काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले भने,‘संविधान संशोधन भयो भनेमात्रै हामी सरकारमा जानेबारे सोच्न सक्छौं, अहिले हामीले सरकारमा सहभागी हुनेबारे केही पनि सोचेको छैन ।’
हिजोको दिनमा संविधान संशोधन भैरहँदा संशोधन गर्नै हुँदैन भनेर क्रान्तिकारी भाषण गर्ने र दुई तिहाई पुर्याउन नदिने दल नेकपा एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै झाले भने,‘हामी त संशोधनको पक्षधर हौं, तर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संशोधनको लागि ईच्छुक हुनुहुन्छ कि हुनुहुँदैन् रु उहाँहरुसँग अहिले प्रचण्ड बहुमत छ, हामी पनि भयौं भने दुई तिहाई भन्दा बढि बहुमत हुन्छ।’ झाले एमाले–माओवादीसहित राजपा र फोरम पनि मिल्यो भने संशोधनको लागि प्रचण्डभन्दा प्रचण्ड बहुमत पुग्ने र संविधान संशोधन रातारात हुने अर्थात तुरुन्त हुने विश्वास दिलाए । उनले संशोधन नगरी आफूहरु सरकारमा नजाने अडान दोहोर्याए । उनले भने,‘हामीलाई सरकारमा जान कुनै हतारो छैन, अहिले हामीले सरकारमा जानेबारे सोचेको पनि छैन, सरकारमा त्यतिकै सहभागी भयौं भने जनताले के भन्छन् रु तपाई पत्रकारहरुले के भन्नुहुन्छ रु हामी संशोधन पक्षधर भएकोले राजपा र फोरमले दायाँबायाँ गर्ने अवस्था छैन।’ विगतको एमालेको संशोधनप्रतिको प्रस्तुति निर्दयी रहेको उनको गुनासो थियो । ‘हिजो संविधान सशोधन प्रस्ताव टेबुल हुँदा एमाले कडा र क्रान्तिकारी रुपमा प्रस्तुत भएको थियो, हामी दुई तिहाई कुनै हालतमा पुर्याउन दिन्नौं भनेर लागेकै हो नि, त्यही भएर संशोधन पास भएन्, त्यसैले यथास्थितिमा हामीले उहाँहरुसँग सरकारमा सहकार्य गर्ने कुनै संभावना छैन।’ रातोपाटीबाट