हरेका बिहिवारः नहाँसेर भो ….!

261

काठमाडौं । सामाजिक विकृति र हाँस्य व्यङ्गयलाई प्राथमिकता दिएर तयार पारिएको नयाँ हाँस्य टेलिश्रृङला नहाँसेर भो जनता टेलिभिजनबाट प्रसारण भइरहेको छ ।
गत पुस ६ गतेदेखि नियमित रुमपा हरेक विहीबार बेलुका ८ः४५ बजेदेखि प्रसारण भइरहको छ । यस हाँस्य टेलिश्रृङलामा आइन्द्र लिम्बू र समीर सुबेदीको लेखन तथा निर्देशन रहेको छ ।
साथै सो हाँस्य टेलीसश्रृङखला युटुब च्यानल समेत हेर्न सकिन्छ । प्रवेश पोखरेलले क्यामरा र पासाले मेकअपको जिम्मेवारी निभाएका छन् । मधु सुदन ढकालको निर्माण, बद्री सुबेदी निर्माण सल्लाहकार रहेको सिरियलमा गणेश भट्टराइले ब्यबस्थापन गरेका छन् । टेलीटेलिश्रृङलामा आशिष ठकुरी, सुजन ढकाल, हरिसा बानियाँ (भुनियाँ), समिर सुबेदी, आइन्द्र लिम्बू, जयनन्द लामालगायतका कलाकारले अभिनय गरेका छन् ।